ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक सङ्कट समाधान गर्ने गरी बजेट आएको छ यादव


एबीसी न्यूज
जेष्ठ २८, २०८० आईतबार  ४ : २० बजे
काठमाडौं, २८ जेठ । सांसद दिनेशकुमार यादवले देशको वर्तमान सङ्कटलाई समाधान गर्ने गरी सरकारले बजेट ल्याएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, “देश अहिले सङ्कटमा छ, त्यो सङ्कटलाई पनि समाधान गर्ने गरी हरेक क्षेत्रलाई समान ढङ्गबाट समावेश गरेर प्रस्तुत भएको बजेटप्रति मेरो समर्थन छ ।”
 सांसद यादवले देशको आर्थिक अवस्थालाई सुदृढ गर्न गर्नेथलो मधेसलाई बजेटले छुन नसकेको पनि उहाँले टिप्पणी गर्नुभयो । किसानको लागि सिँचाइको व्यवस्था बजेटमै व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।
सांसद रुपा विकले आव २०८०र८१ को बजेट वक्तव्यले मुलुकमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । “निराश भएका जनता र व्यवसायीलाई उत्साह दिने खालको बजेट आएको छ । यद्यपि बजेटमा केही परिमार्जन गर्नुपर्ने विषय पनि छन्” उहाँले भन्नुभयो ।
बजेटले पुँजीगत खर्चलाई प्रभावकारी बनाउन केही नयाँ सोच र दृष्टिकोणसहित ‘वर्किङ मोडालिटि’मा अगाडि सारेको बताउँदै सांसद विकले जसलाई सकारात्मक सङ्केतको रुपमा लिनुपर्ने बताउनुभयो । बजेट कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
सांसद कान्तिका सेजुवालले कर्णाली प्रदेशमा पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कर्णालीमा विशेषगरी जुम्लामा शैक्षिक जनशक्ति बढेको छ, राज्यका हरेक गतिविधिलाई तर्कपूर्ण विश्लेषण गर्नसक्ने भएको छ, अब संवैधानिक नियुक्त र राजनीतिक नियुक्तिमा समेत कर्णालीले अर्थपूर्ण सहभागिता हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com