ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटमाथिको छलफल सकियो, भोलि अर्थमन्त्रीले जवाफ दिने


एबीसी न्यूज

काठमाडौं । प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०र८१ को बजेटमाथिको सामान्य छलफलमा सांसदहरूले धारणा राख्ने क्रम सकिएको छ । आज आइतवारको बैठकमा सांसदहरूले बजेटमाथि धारणा राखेका हुन् ।

छलफलमा उठेका विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि सोमवार प्रतिनिधि सभाको बैठकमा जवाफ दिने सभामुख देवराज घिमिरेले जानकारी गराउनुभएको छ । प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजे बस्ने छ ।

आजको बैठकमा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नभएको बताउनुभयो । बजेटमाथिको छलफलमा पौडेलले नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त–प्राथमिकता अर्कोतिर र बजेट झनै अर्कोतिर फर्किएर आएको बताउनुभएको हो । उहाँले बजेट गेम चेन्ज नभएर नेम चेन्जु मा सीमित भएको टिप्पणी पनि गर्नुभयो ।

यस्तै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । बजेटमाथिको छलफलमा महामन्त्री थापाले बजेट कार्यान्वयनका लागि कानुन निर्माण गरेरमात्रै अघि बढ्ने प्रणालीको विकास गर्न सकेमात्रै कार्यान्वयन सुनिश्चित हुने तर्क गर्नुभयो । सरकारले ल्याएको बजेट निर्माणमा आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदहरूलाई हेप्ने गरेको उहाँले गुनासोसमेत गर्नुभयो ।

बजेटमाथिको छलफलमा सहभागी सांसदहरूले राजस्व सङ्कलन घटिरहेको अवस्थामा बजेटमा लिइएको लक्ष्यमा पुग्न सकिने अवस्था नरहेको भन्दै संशोधन गर्नुपर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले यो युद्ध कसरी हार्न सक्छन् ?

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

ट्रम्पले यो युद्ध कसरी हार्न सक्छन् ?

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब-किताब हुन्छ

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब ४७ करोड

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ- कोइराला

जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com