काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट नजिकै प्रहरीले गोली चलाएको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको हो ।
लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनि गोली लागेको कार्यवाहक प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । ती युवकको घुँडामुनि गोली लागेको छ । प्रहरीले नियन्त्रणमा लिएको छ ।
पछ्याउँदै गरेको ब्युरोको टोलीले पक्राउ गर्न खोज्दा ती युवाले बल प्रयोग गरेपछि गोली हानी नियन्त्रणमा लिइएको प्रहरी दावी छ ।
प्रतिक्रिया दिनुहोस्