काठमाडौं, २८ जेठ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चलेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीमाथि लागू औषध कारोबारीले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।
ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले दिएको जानकारी अनुसार लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको हो ।
प्रहरीको फायरिङमा एक लागूऔषध कारोबारीलाई घुँडामुनि गोली लागेको छ । घाइतेलाई उपचारका लागि अस्पताल लगिसकिएको छ । निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको एसपी जोशीले जनाए ।
प्रतिक्रिया दिनुहोस्