ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होटल व्यवसायीले दिए सांसदलाई खाना र आवासमा छुट


एबीसी न्यूज
माघ १९, २०७४ शुक्रबार  १ : २८ बजे

 

हेटौँडा, १९ माघ ।   हेटौँडाका होटल व्यवसायीले प्रदेश नं ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुटको व्यवस्था गरेको छ ।

हेटौँडालाई स्थायी रुपमा नै प्रदेशको राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौँडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् ।

सांसदका लागि शपथ ग्रहण गर्न आएको समयदेखि नै आवासमा ४० प्रतिशत र खानामा १५ प्रतिशत छुटको व्यवस्था गरेको होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष भागिरथ शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेशको राजधानी हेटौंँडा बनाउनका लागि यति सहयोग गर्न होटल व्यवसायी तयार छन्, सांसदलाई सेवा दिन पाउँदा खुशी पनि छन् ।” हेटौँडामा पर्याप्त होटल रहेको भन्दै उहाँले प्रदेशको राजधानी बनाउन संघले गर्नुपर्ने भूमिका निर्वाह गर्ने बताउनुभयो ।

अस्थायी मुकाम हेटौंँडा तोकिएपछि संघले बैठक बोलाएर प्रदेश सांसदलाई खाना र बसाइँमा छुट दिने निर्णय गरेको अध्यक्ष शर्माले बताउनुभयो ।

प्रदेशसभाको पहिलो बैठकमा सहभागि हुन हेटौँडा आइपुग्नुभएका सांसदलाई आवास तथा खानाको व्यवस्था मिलाउन पाउँदा खुशी लागेको मानस गेष्ट हाउसका सञ्चालक मानबहादुर लामाले बताउनुभयो ।

त्यसैगरी थकाली भान्छाघरका सञ्चालक शम्भु अधिकारीले छुट पाएकामा सांसदहरु खुशी भएको बताउँदै स्थायी राजधानी हेटौँडा भएको खण्डमा सधैँ छुट दिन सकिनेसमेत बताउनुभयो ।

हेटौंँडाका होटल व्यवसायीले गरेको छुट हेटौँडावासीको माया भएको सांसद रीता माझीले बताउनुभयो । होटल व्यवसायीको यस कार्यले सांसदहरु खुशी नै भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com