ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डको धार्मिक यात्राविरुद्ध बारम्बार आलोचना : नयाँ ‘सांस्कृतिक क्रान्ति’ – बाबुराम भट्टराई


एबीसी न्यूज
जेष्ठ २८, २०८० आईतबार  ९ : ०४ बजे

काठमाडौँ । हालै भारत भ्रमणका क्रममा मध्यप्रदेशको इन्दौर–उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजापाठ गरेका प्रधानमन्त्री प्रचण्ड शनिबार पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुगेपछि उनीविरुद्ध टिप्पणी गर्ने क्रम झन् बढेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड कम्युनिस्ट (नास्तिक) दर्शन छाडेर अब धर्मकर्म (आस्तिक) तर्फ लागेका हुन् त भन्ने प्रश्न उठिरहेको छ। यसै क्रममा उनका द्वन्द्वकालीन सहयोद्धासमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डको धार्मिक यात्राविरुद्ध बारम्बार आलोचना गरिरहेका छन्।

महाकालेश्वरपछि उनले प्रचण्डको पशुपतिनाथ दर्शनविरुद्ध पनि कटाक्ष गरेका छन्।  उनले प्रचण्डको उक्त धार्मिक यात्रालाई ‘नयाँ सांस्कृतिक क्रान्ति’ भनी टिप्पणी गरेका छन्।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले प्रचण्डका धार्मिक गतिविधिका तस्बिरसहित सामाजिक सञ्जालमा लेखेका छन्, ‘नयाँ ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’ ?’

‘सांस्कृतिक नक्सा’ भनेर उनले भारतले हालै आफ्नो नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’ नक्सालाई भनेका हुन्। जसमा नेपालका लुम्बिनी र कपिलवस्तु पनि समेटिएका छन्। जसलाई प्रधानमन्त्री प्रचण्डले राजनीतिक नक्सा नभएको बताएका थिए।

भारतको महाकालेश्वर मन्दिरमा मन्त्रीहरूको टोलीसहित गएर गेरुवस्त्र धारण गरी पूजापाठ गरेका प्रधानमन्त्री प्रचण्ड स्वदेशको पशुपतिनाथमा पनि एक्लै होइन, मन्त्रीहरूसहित पुगेका थिए। यस विषयमा डा. भट्टराई टिप्पणी गर्छन्, ‘एक्लै कोही कुनै धार्मिक स्थल जाँदा प्रश्न उठउन मिल्दैन र त्यो उसको निजी आस्थाको कुरा हो। तर जब पूरै मन्त्रीमण्डल एकैसाथ जान्छ, तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com