ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलहरी प्रकरण : ओलीमाथि लागेको आरोप रेकर्डबाट हटाएकोमा सांसद खतिवडाको आपत्ति


एबीसी न्यूज

काठमाडौं, २६ जेठ । गत जेठ १३ गते नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तल लगाएर तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा भ्रष्टाचार भएको प्रसंग उठाएका थिए। सांसद दाहालले बुधबार नीति तथा कार्यक्रममाथिको छलफलमा ओलीको पालामा भ्रष्टाचारका काण्डैकाण्ड भएको भन्दै जलहरी काण्ड पनि उल्लेख गरेका थिए ।तर एमालेले तथ्यबिनै आरोप लगाएको भन्दै संसद्‌ अवरुद्ध गरेपछि उक्त रेकर्ड संसद्‌बाट हटाइएको थियो।

जलहरीका सम्बन्धमा उठेको छलफलको विषयलाई संसद्‌बाट हटाएको भन्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन्। शुक्रबार जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पशुपतिनाथ मन्दिरको जलहरीमा १० किलो ९७६ ग्राम सुन बेपत्ता भएको विषयमा छानबिन हुनुपर्ने बताए। उनले संसद्‌लाई हल्का रूपमा प्रस्तुत गरिएको बताउँदै संसद्‌मा छलफल हुने विषय रेकर्डबाट हटाउने परम्पराको अन्त्य गर्न पनि माग गरे।हामीले संसद्‌लाई अलिकति हल्का रूपमा प्रस्तुत गर्दैछौँ। कसैको सत्ता पाउनेरनपाउने आवेग संसद्‌ नबनोस्। संसद्‌मा छलफल हुने विषय रेकर्डबाट हटाउने प्रक्रिया परम्परा अन्त्य होस्। हामी सार्वभौम सत्ता संसद्‌ बनाउन चाहन्छौँ,उनले भने।

जलहरी निर्माणमा १०७।९२४ ग्राम किलो सुन प्रयोग गर्ने भनिएकोमा ९६ किलो ८०० ग्राम मात्र प्रयोग महालेखा परीक्षकको प्रतिवेदनमा लेखिएको कुरा संसद्‌मा छलफल गर्नका लागि भभएको बताए। ुमहालेखाको प्रतिवेदन संसद्‌मा बोल्न दिएको हो, त्यो बोल्दा संसद्को रेकर्डबाट हटाइन्छ भने म त्यसको विपक्षमा छु, उनले भने ।उनले जलहरीका विषयमा संसद्‌मा छलफल हुनुपर्ने पनि माग गरे ुयी कुरा उठाउँदा ३ चोटी, ४ चोटी संसद्‌बाट डिलिट हुन्छ भने पनि जनताको मनबाट डिलिट हुन सक्दैन, यो विषय संसद्‌मा छलफल हुनुपर्छ, उनले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

सम्बन्धित

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

रोष्ट्रमबाटै प्रभु साहले गरे सभामुखसँग सवालजवाफ

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित छन्- परराष्ट्र मन्त्रालय

काठमाडौँको पासिकोटमा भारतीय नागरिकसँगै नेपाली युवती मृत फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com