ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा बैठक सम्भावित विपद् जोखिम व्यवस्थापनको तयारी थाल्न माग


एबीसी न्यूज

काठमाडौं, २५ जेठ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले भारतले अखण्ड भारत भन्ने नक्शामा नेपालको कपिलवस्तु, तिलौराकोटलगायत भूमि समेटेर सार्वजनिक गरेको जनाउँदै कूटनीतिक ‘नोर्ट’ मार्फत भारतसँग स्पष्ट जवाफ माग गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसद डा बिमला राई पौडेलले भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपालको भूमि समेटिएको विषयबारे सदनलाई जानकारी गराउन सरकारसंग माग गर्नुभयो । उहाँले भन्नुभयो,“लामो खडेरी र बढ्दो तापक्रमले तराईको जनजीवन अस्तव्यस्त भएको,यसबाट विद्यालय, कार्यालय बन्द रहेको र अस्पतालमा बिरामी बढिरहेका छन् । सरकारले सम्भावित जोखिमबारे जनचेतनाको साथै राहत र उद्धारको कामलाई कसरी व्यवस्थित गर्दैछ यसको जानकारी गराउनु पर्छ ।”

सांसद भैरवसुन्दर श्रेष्ठले हालै भारतले अखण्ड भारत नामक नक्शामा नेपालको कपिलवस्तु, तिलौराकोटलगायत भूमि समेटेर सार्वजनिक गरेको र यसले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि प्रहार गरेको छ भन्नुभयो । उहाँले भन्नुभयो “ नक्शाबारे नेपाल सरकारले भारतसरकारसँग स्पष्ट जवाफ माग गर्नुपर्छ ।”

सांसद नरपति लुहारले फुकोट हाइड्रोपावर सम्बन्धीको सम्झौता कर्णालीवासी मात्रै नभएर नेपालको हितमा नरहेको जनाउँदै उक्त सम्झौता खारेज गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । यसैगरी सांसद प्रकाश पन्थले पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरागण्ड विस्तारको क्रममा स्थानीय र पैदलयात्रुले निकै सास्ती र दुःख भोग्नुपरेको, बर्खायाम सुरु भएकाले समयमै सम्भावित विपद् जोखिम व्यवस्थापन तयारी थाल्न सरकारसंग माग गर्नुभयो ।

सांसद महेशकुमार महराले विसं २०७७ साउनमा परेको अभिरल वर्षाले डडेलधुराको आलिताल गाउँपालिकाको बलौचाँमा पहिरोमा पुरिएर ४२ घरधुरी नष्ट भएको र परिवार विस्थापित भएको तथा पीडित परिवारले अहिले पनि राहत नपाएको बताउनुभयो ।

सांसद रामचन्द्र राईले हेटौँडा सिमेन्ट उद्योगका सेवा निवृत्त कर्मचारीको रुकम एक वर्षदेखि व्यवस्था नभएको जनाउँदै रकम भुक्तानी दिलाउन उद्योग मन्त्रालयले पहल गर्नुपर्छ भन्नुभयो । अर्का सांसद सिंहबहादुर विश्वकर्माले सिन्धुपाल्चोक हेलम्बुदेखि काठमाडौँ पुग्ने साँखु–जर्सिङपौवा सडक कालोपत्र बाँकी सडक स्तरोन्नती हुन नसकेको र बर्खायामको समयमा यात्रु र सर्वसाधरणले निकै सास्ती बेहोर्नुपरेको हुँदा काम चाँडो सम्पन्न गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com