ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिपूरक वृक्षरोपण गर्न जग्गा खोजी


abc

काठमाडौं, २३ जेठ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारका क्रममा काटिएको रुखका प्रतिपूरक वृक्षरोपण गर्न नवलपुरमा करिब पाँच सय हेक्टर जग्गाको खोजी गरिँदै छ । सडक विस्तारका क्रममा काटिएका ३६ हजार रुखको सट्टामा एक रुख बराबर २५ बिरुवाको दरमा प्रतिपूरक वृक्षरोपण गर्नुपर्ने भएकाले ठाउँको खोजी भइरहेको हो ।

सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इञ्जीनीयरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक राकेश झाले वृक्षरोपणका लागि जग्गा खोजीभइरहेको बताउनुभयो । “सम्झौताअनुसार ठूलो सङ्ख्यामा वृक्षरोपण गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “जिल्लाको दक्षिणी भागसहित पहाडी भागमासमेत जग्गा खोजी भइरहेको छ, तर अहिलेसम्म कहीँ पनि प्राप्त हुनसकेको छैन ।”

प्रतिपूरक वृक्षरोपणका लागि डिभिजन वन कार्यालयले जग्गा खोजी गरिदिनुपर्ने भए पनि अहिलेसम्म जग्गा नभेटिएका कारण वृक्षरोपणको काम सुरु हुननसेको झाले बताउनुभयो । उहाँका अनुसार सडक विस्तारका क्रममा गैँडाकोटबाट दाउन्नेसम्म ६५ किलोमिटर क्षेत्रफलमा ३६ हजार दुई सय ३२ रुख काटिएका छन् । काटिएका रुखमध्ये सडकको उत्तरतर्फ डिभिजन वन र दक्षिखणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका रुख रहेका छन् ।

सुरुआतमा छ हजार ुई सय ९७ रुख कटान गर्नुपर्ने भनिए पनि पछि बढेर ३६ हजार रुख काट्नुपर्ने देखिएको झाले बताउनुभयो । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनीयर धीरज ढकालले प्रतिपूरक वृक्षरोपका लागि बिरुवाको प्रजाति मिलाएर रोप्नुपर्ने बताउनुभयो । सडक छेउछाउको वन क्षेत्र तथा पहाडी भेगको पाखा जग्गामा वृक्षरोपण गर्नेगरी जग्गा खोजी भइरहेको भए पनि आवश्यकताअनुसार जग्गा भेटाउन नसकिएको उहाँले बताउनुभयो ।

“प्रतिपूरक वृक्षरोपणका लागि धेरै जग्गा आवश्यक पर्छ” उहाँले भन्नुभयो, “त्यसका लागि निर्माण व्यवसायी, डिभिजन वन र हामीले संयुक्तरुपमा वृक्षरोपणका लागि जग्गा खोजी गरिरहेका छौँ ।”

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा काटिएका रुखको प्रतिपूरक वृक्षरोपणका लागि नौ लाख पाँच हजार आठ सय बिरुवा रोप्नुपर्ने ढकालले बताउनुभयो । यस खण्डमा काटिएका रुखको प्रतिपूरक वृक्षरोपणका लागि कम्तीमा पनि चार सय ७६ हेक्टर क्षेत्रफल जग्गा आवश्यक पर्ने विज्ञ बताउँछन् । करिब पाँच सय हेक्टर क्षेत्रफलको खाली जग्गा एकै ठाउँमा पाउन कठिन हुने भएकाले छुट्टाछुट्टै गरेर भए पनि वृक्षरोपण गर्नेगरी जग्गा खोजी भइरहेको सडक योजनाले जनाएको छ । राष्ट्रिय वन, सामुदायिक वन, मध्यवर्ती क्षेत्रको वनमा खाली रहेको ठाउँमा भए पनि वृक्षरोपण गर्ने तयारीका साथ जग्गा खोजी भइरहेको छ । खाली जग्गा भेटिएसँगै वृक्षरोपणका लागि प्रक्रिया अघि बढाउने तयारी गरिरहेको निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालगञ्‍जमा कर्फ्यू आदेश जारी

एशियाली क्रिकेटमा नेपालको कमव्याक, जम्मा २३ रनले भारतसँग पराजित

सम्बन्धित

काठमाडौँबाट चिनियाँ नागरिकसहित तीनजना पक्राउ, दोलखामा ११ किलो तस्करीको सुन :

दिल्लीमा न्युजक्लिकमा आबद्ध पत्रकारको घरमा, दिल्ली प्रहरीको छापा

यो वर्ष पनि लम्बियो मनसुन, दशैँसम्मै पानी पर्ने सम्भावना कस्तो

मेयरले रोपेको बिरुवा उखालेर फाल्दा प्रहरीको फन्दामा

एक सातामै १२ किलो बरामद, सुन तस्करको निशानामा उत्तरी नाका

एमसीसीको टोलीलाई मन्त्री ज्वालाले भने, कार्यान्वयनमा कुनै शंका गर्नुपर्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com