ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख त रिपोटर्स क्लवका मुखिया जस्ता देखिए : माओवादी सचिव पौडेल


एबीसी न्यूज
जेष्ठ २३, २०८० मंगलबार  ५ : २६ बजे

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले सभामुखले प्रतिनिधि सभा बैठकलाई संसदीय प्रक्रियाभन्दा बाहिर गएर चलाएको बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसद पौडेलले प्रधानमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई सम्बोधन गर्न दिनु संसदीय प्रक्रिया र स्थापित मूल्य, मान्यता बाहिर भएको बताए।

उनले प्रधानमन्त्रीको कुरालाई खण्डन गर्न सभामुखले तत्कालै प्रतिपक्ष दलका नेतालाई समय दिनु संसदीय प्रणाली र प्रक्रिया विपरित भएको
बताए।

‘प्रचलित र स्थापित मान्यता अनुसार प्रधानमन्त्रीले जवाफ दिइसकेपछि पूर्वप्रधानमन्त्रीलाई तत्कालै त्यसको खण्डन गर्नको निम्ति सभामुखले समय दिनु संसदीय प्रणाली, प्रक्रिया विपरितको कुरा हो,’ पौडेलले भने, ‘उहाँले विशेष समय लिएर अर्को कुनै दिन वा भोलि नै बोल्न सक्नुहुन्थ्यो। आजै टिट फर ट्याट गर्नुपर्ने केही पनि कारण थिएन।’

उनले सभामुख प्रक्रियाभन्दा बाहिर जानु शोभनिय नभएको बताए।

‘त्यो प्रचलित मान्यता अनुरुप पनि नमिल्ने कुरा हो। सभामुखले बुझी बुझी हो, अनुभव कम भएर हो वा कसैप्रति लोयल भएर हो उहाँले संसदीय प्रणाली, प्रक्रिया र हाम्रो स्थापित मुल्य, मान्यताभन्दा फरक ढंगले आज जुन अभ्यास गराउनुभयो त्यो शोभनिय थिएन,’ सांसद पौडेलले भने।

उनले सभामुखले संसदलाई रिपोटर्स क्लब जसरी उत्ताउलो र भद्दा तरिकाले चलाएको टिप्पणी गरे।

‘उत्ताउलो, भद्दा र हाँसिमजाक प्रकृतिको रिपोर्टस क्लबको जस्तो गरी सदन चलाउने प्रक्रियाको रुपमा मैले त्यसलाई देखेँ, हेरेँ र बुझेँ,’ उनले भने।

सांसद पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत निकै महत्वका साथ हेरको बताए। उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपलब्धिको रुपमा मुर्रा राँगो मात्रै ल्याएको टिप्पणी गर्नु कुटनीतिक मर्यादा विपरित भएको बताए।

उनले ओलीले अपमानजनक टिप्पणी गरेको बताए।

‘छिमेकी मित्रराष्ट्र, त्यो देशको प्रधानमन्त्रीले समेत, प्रधानमन्त्री गएको बेलामा निकै महत्व साथ केही विषयहरू सार्वजनिक रुपमा बोल्नुभएको छ,’ उनले भने, ‘आज त्यो विषयलाई कतै हेक्का नगरीकन भैँसीसँग तुलना गर्ने, ल्याइएका मुर्रा राँगोसँग तुलना गर्ने, पूर्वप्रधानमन्त्रीले समेत केही पनि उपलब्धि भएको छैन।’

सांसद पौडेलले जे कुरामा पनि विरोध गरेमा सत्तापक्षलाई नभइ प्रतिपक्षलाई नै घाटा हुने बताए।

‘केही अगाडी बढेको छैन। कुनै छलफल भएको छैन। खालि १५ वटा मुर्रा मात्रै ल्याइएको हो भनेर उपहास गर्नुभयो यो हाम्रो कुटनीतिक मर्यादा विपरित, संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त, छिमेकीहरुसँग मिलेर अगाडी बढ्ने हाम्रो प्रचलित स्थापित मान्यता विपरितको अपमानजनक तरिका हो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सम्बन्धित

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

सुकुम्बासीलाई बुझ्ने कुरामा कहाँ चुकेको छ राज्य?

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com