ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमा समस्या समाधानमा जमिनको लेनदेनको कुरा उठ्नु दुर्भाग्य – अध्यक्ष ओली


abc

काठमाडौं, २२ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सीमा समस्या समाधानमा भूमिको लेनदेनको विषय उठ्नु दुर्भाग्य भएको बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले समुद्रसँगको पारवहनको सुविधा भूमि सट्टापट्टाको विषय नभई अधिकारको विषय भएको बताएका हुन्।

‘बंगलादेश जाने बाटोसँग लिपुलेक–लिम्पियाधुरा सट्टापट्टा गर्न सकिने कुराले देश तरंगित छ। सश्वर आएको छ,’ उनले भने, ‘बंगलादेश जाने बाटो या पारवहनको सुविधा सट्टापट्टाको विषय होइन, त्यो अधिकारको विषय हो।’बंगलादेशको बन्दरगाहसम्म पुग्ने कुरा पहिले नै टुंगिसकेको उनका भनाइ थियो।

‘यो कुरा पहिले नै टुंगिएर बंगलादेश, भुटान, भारत, नेपाल यी चार देशको संगठन जस्तो बिभिआइएन बनेको थियो। ढुवानी र आवागमनका लागि सहमतिहरू पनि भए। कार्यान्वयनका बेला भुटान पछि हट्यो। पछि बिआइएनमात्रै भन्न थालियो,’ उनले भने।बंगलादेशसम्म आवतजावत गर्नेगरी बस सेवासमेत उद्घाटन भइसकेको ओलीले बताए। ‘त्यसकारण यो नयाँ होइन। बंगलादेशसम्म जानका लागि आफ्नो जमिन दिनुपर्छ भन्ने कुरा प्रचलनमा नभएको कुरा हो।

बंगलादेशमात्रै होइन, अफगानिस्तान जाने बाटो पाउने कि नपाउने ? पाकिस्तान जान अमृतसरतिरबाट बाटो पाएका छौं त, त्यसकारण यो बंगलादेशमा जाने बाटोका लागि भनेर उच्चारण हुनु नै गलत हो,’ उनले बताए। हुनै नसक्ने विषय नेपालको तर्फबाट भारत भ्रमणका बेला कमजोर ढंगले उठेको उनको टिप्पणी थियो।एमाले अध्यक्ष ओलीले बंगलादेश मोडलमा भूमि लेनदेन नभएको पनि बताए। आ–आफ्नो जमिनमा फर्किएर समाधान गरिएको उनको तर्क थियो।
‘कुनै पनि देशको सरकारलाई आफ्नो जमिन अर्कालाई दिने अधिकार हुँदैन, संविधानमा हुन सक्ने कुरा होइन, कहीँको संविधानमा पनि यस्तो हुँदैन, यस्तो कुरा उठ्नु दुर्भाग्य हो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालगञ्‍जमा कर्फ्यू आदेश जारी

एशियाली क्रिकेटमा नेपालको कमव्याक, जम्मा २३ रनले भारतसँग पराजित

सम्बन्धित

नेपालगञ्‍जमा कर्फ्यू आदेश जारी

एशियाली क्रिकेटमा नेपालको कमव्याक, जम्मा २३ रनले भारतसँग पराजित

मानव बेचबिखनमा टिकटकको दुरूपयोग बढ्दै

१९औं एसियाली खेलकुद : क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा विजयी, ढकाल पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com