ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंका सबै ब्रोकर कार्यालयमा सेयर लगानीकर्ताको ताला


abc tv
जेष्ठ २१, २०८० आईतबार  ११ : ४२ बजे

काठमाडौं । सेयर लगानीकर्ताहरूले काठमाडौंमा रहेका ५० वटै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा सेयर कारोबार गर्दा सरकारले थप कर लगाएकाले काठमाडौंमा रहेका ५० वटै ब्रोकर कार्यालयमा तालाबन्दी गरिएको आन्दोलनरत अगुवा लगानीकर्ताहरुले बताएका छन् ।

आर्थिक विधेयकमार्फत सरकारले व्यावसायिक सेयर कारोबारसरह नै कर तिर्नुपर्ने नियम लगाएको भन्दै दुई दिनदेखि लगानीकर्ता आन्दोलित बनेका छन् । विद्यमान पुँजीगत लाभकर दीर्घकालीन पाँच र अल्पकालीन ७।५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने अडान लगानीकर्ताले राखेका छन् ।

आर्थिक विधेयक परिमार्जन नभएसम्म आन्दोलन जारी राख्ने लगानीकर्ताले घोषणा गरेका छन् । बिहीबार पनि लगानीकर्ताले एकाध ब्रोकर कारोबार बन्द गराएका थिए ।

अर्थमन्त्रीले सेयर कारोबारमा कुनै प्रकारको कर नलगाएको बुधबार प्रस्टीकरण दिएका छन् । उनले सेयर कारोबार गर्दा ९९।९९ प्रतिशत कुनै पनि कर नलगाएको दाबी गरेका थिए ।

त्यस्तै, आन्तरिक राजस्व विभागले पनि विद्यमान पुँजीगत लाभकर यथावत् रहेको विज्ञप्तिमार्फत प्रस्ट पारेको छ । तैपनि, लगानीकर्ता करको विषयलाई लिएर आक्रोशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com