ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा सम्झौता भएका विषय मुख्य विषय


ABC NEWS
जेष्ठ १८, २०८० बिहीबार   ३ : ४०   बजे

काठमाडौं १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (बिहीबार) भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरेका छन्।

प्रतिनिधि मण्डलस्तरीय वार्तापछि दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्त रूपमा सम्बोधन गरेका छन्।

पत्रकार सम्मेलनमा दुई प्रधानमन्त्रीले केही परियोजनाको शिलान्यास, उद्घाटन गरेका छन्। दुबै प्रधानमन्त्रीको उपस्थितिमा दुई देशबीच केही सम्झौता भएका छन्।

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ९ वर्षे कार्यकालमा नेपाल(भारत सम्बन्धमा भएका उपलब्धि निकै धेरै रहेको बताए।

पत्रकार सम्मेलनमा मोदीले कुर्था-बिजलपुरा रेलमार्ग नेपाललाई हस्तान्तरण गरे।

दुबै प्रधानमन्त्रीले बथनाहादेखि विराटनगरको नेपाल कस्टम यार्डसम्म भारतीय कार्गो रेल र नेपालगञ्जमा संयुक्त जाँच पोष्टको उद्घाटन गरे।

भैरहवामा संयुक्त जाँच पोष्ट, मोतीहारी(अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो खण्ड र गोरखपुर-बुटवल ४०० केभी प्रसारण लाइनको भारततर्फको खण्डको शिलान्यास भयो।

आजै नेपाल र भारतबीच केही सम्झौता पनि भए।

आज भएका सम्झौता

-नेपाल र भारतबीचको व्यापार सन्धी नवीकरण।

-अमलेखगञ्ज-चितवन र सिलुगढी(झापा पेट्रोलियम प्रसारण लाइनको एमओयू।

-नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र भारतको सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्यको सम्झौता।

-चाँदनी दोधारामा एकीकृत जाँच पोष्ट निर्माण सम्झौता।

-फुकोट कर्णाली जलविद्युत परियोजना विकास सम्झौता।

-तल्लो अरूण जलविद्युत परियोजना विकास सम्झौता।

-भारत र नेपालबीच अन्तरदेशीय भुक्तानी सम्झौता।
–
#हवाई रूट र सीमा विवादबारे छलफल#

पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाली पक्षले भारतबाट अतिरिक्त हवाई रूटका लागि अनुरोध गरेको र भारतीय पक्षले सकारात्मक प्रतिक्रिया दिएको बताए।

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै दुबै प्रधानमन्त्रीले सीमा विवादबारे कुराकानी भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

सम्बन्धित

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group