ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१०० रुपौयाँमै कम्पनी खोल्न पाइने, नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा कुनै शुल्क नलाग्ने


ABC NEWS

काठमाडौं १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा उद्योग र लगानी प्रवर्द्धनका लागि लोकप्रिय कार्याक्रम अघि सारेको छ । स्वदेशी उद्योगको उत्पादनलाई स्वदेशमै खपत गर्ने, युवा र महिला उद्यमीलाई प्रोत्साहन, आविस्कार र नवप्रर्वतनमा जोड जस्ता कार्यक्रम बजेटमा छन् । एक सय रुपैयाँमै कम्पनी खोल्न पाउनेदेखि उद्योग तथा कम्पनी दर्तामा सूचना प्रविधिको अधिकतम् प्रयोगसम्मका लोकप्रिय कार्यक्रम बजेटमा छन् ।

कोभिड–१९ र आर्थिक संकुचनका कारण धर्मराएको विदेशी लगानी प्रोत्साहन गर्न सरकारले विदेशी लगानीमा थुप्रै सहजीकरणको घोषणा बजेटमा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको बजेटअनुसार विदेशी लगानीको न्यूनतम सीमा पुनरवलोकनदेखि सूचना प्रविधि क्षेत्रमा आउने विदेशी लगानीलाई सीमा नलाग्ने व्यवस्था पनि बजेटमा गरिएको छ ।

उत्पादनमूलक उद्योग खोल्नका लागि जग्गाको हदबन्दीसम्बन्धी कानुन संशोधन गर्ने लगायतका उद्योग र लगाानी प्रवर्द्धनमा बजेटले गरेका २० व्यवस्था यस्ता छन् ।

सरकारी कार्यालयमा नेपाली वस्तु उपयोग गर्न ५० करोड विनियोजन ।
कुल पूँजीगत बजेटको एक प्रतिशत रकम नवप्रर्वतन र अनुसन्धानमा खर्च गरिने । सरकारले छुट्टै कोष बनाउने । शिक्षा मन्त्रालयमा छुट्टै इकाइ बन्ने ।
स्टार्टअपलाई प्रोत्साहन गर्न एक अर्ब २५ करोड ।
नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा कुनै शुल्क नलाग्ने ।
न्यूनतम् एक सय रुपैयाँ मात्रै अधिकृत पूँजी घोषणा गरेर कम्पनी खोल्न सकिने ।
अनलाइनबाट पनि कम्पनी दर्ता र खारेजी गर्न सकिने ।
विदेशी लगानीका कम्पानीका कर्मचरीको भिसा सहजीकरण गरिने ।
उद्योग दर्ताको एकल विन्दु सेवा प्रभावकारी बनाइने ।
उत्पादनमूलक उद्योगको सहजीकरणका लागि जग्गाको लिज र हदबन्दी सम्बन्धी कानुन संशोधन गरिने ।
वैदेशिक लगानीको कानुन स्थायी बनाइने ।
वैदेशिक लगानीको न्यूनतम सीमा पुनर्विचार हुने क्षेत्रगत सीमा तोकिने ।
सूचना प्रविधि उद्योगमा लगानीको सीमा हटाइने ।
सूचना प्रविधिको सेवा निर्यात गर्ने उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय खोल्न वा सफ्ट वेयर वा प्रोग्राम वा उपकरण खरिद गर्न आम्दानीको १० प्रतिशत विदेशी विनिमय सुविधा ।
विदेशी लगानीको आयालाई पुनः लगानी गर्न स्वीकृति गर्नु नपर्ने ।
विदेशी लगानी भित्र्याउने समयसीमा पुनरवलोकन गरिने ।
यसै वर्ष लगानी सम्मेलन गरिने छ ।
द्रूतमार्ग, जलाशाययुक्त जलविद्युत परियोजनामा विदेशी लगानी भित्र्याइने ।
निजी क्षेत्रले विदेशी वित्तीय संस्थाबाट ऋण पाउन सहजीकरण गरिने । लगानीको वातावरण सुधार गर्न मुलुकको कन्ट्री रेटिङ गरिने ।
लगानीको हेजिङ संस्था तोकी सुविधा दिइने ।
विदेशी लगानाीको सुरक्षा गरिने छ । लभांश फिर्ता सहजीकरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com