ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बाँकी ऋण मिनाहा’ गर्दै सर्लाहीमा सुदखोरले फिर्ता गरे १७ तमसुक


ABC NEWS

जनकपुर १२ जेठ । मिटरब्याजविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुन थालेपछि सर्लाहीका एक सुदखोर ९साहुकार० ले १७ जना ऋणीको तमसुक फिर्ता गरेका छन्।

सर्लाहीको हरिपुर नगरपालिका-६ लक्ष्मीपुर निवासी सुदखोर ओसी मन्सुरले स्थानीय १७ जना ऋणीको तमसुक फिर्ता गरेका हुन्।

उनले ऋणीले तिर्न बाँकी ऋण ९सावाँ र ब्याजसमेत० मिनाहा गर्दै आफूसँग भएका तमसुक फिर्ता गरेको मिटरब्याजविरुद्धको संघर्ष समिति सर्लाहीका सचिव सोनठी चौधरीले जानकारी दिए।

माओवादी केन्द्रका नेता सुनिल बुढाथोकी, मिटरब्याजविरुद्धको संघर्ष समिति सर्लाहीकी संयोजक रुक्मिणी चौधरी, सचिव सोनठी चौधरीलगायतको उपस्थितिमा दुई दिनअघि साहुकार ओसी मन्सुरले स्थानीय ऋणीहरुको तमसुक फिर्ता गरेका हुन्।

तमसुक फिर्ताका लागि लक्ष्मीपुरमा भएको छलफलमा सहभागी ओसी मन्सुरका ऋणी महिला।तमसुक फिर्ताका लागि लक्ष्मीपुरमा भएको छलफलमा सहभागी ओसी मन्सुरका ऋणी महिला।

आफ्नै घरमा भएको छलफलमा साहुकार मन्सुरले १७ जना ऋणीको बाँकी ऋण मिनाहा गर्दै तमसुक फिर्ता गरेको माओवादी केन्द्रका नेता बुढाथोकीले जानकारी दिए।

सुदखोर मन्सुरले मिटरब्याजका रुपमा झण्डै १० वर्षअघिदेखि रकम असुल्ने हतियार तमसुक फिर्ता पाएपछि ऋणीहरु खुसी भएका छन्।

गरिब, असहाय ऋणीहरुले ऋण तिर्ने कुनै पनि आधार नदेखेपछि उनीहरुको बाँकी सबै ऋण मिनाहा गरेर आफूसँग भएका सबै कपाली तमसुक फिर्ता गरेको मन्सुरले बताए।

१७ जना ऋणीले कपाली तमसुक गरेर विभिन्न मितिमा मन्सुरसँग ३० हजारदेखि ५ लाख रुपैयाँसम्म ऋण लिएका थिए।

मन्सुरसँग स्थानीय सदरुल खातुनले ५ लाख, अलाउदिन मन्सुरले ४ लाख, ऐमुन खातुनले ४ लाख, कलामुन खातुनले ३ लाख ६० हजार, नाजमु खातुनले ५ लाख, गफार मन्सुरले ४ लाख, अलाउदिन मन्सुरले १ लाख, बिरमनियादेवी चौधरीले २ लाख ५० हजार, यमुना खातुनले ४ लाख रुपैयाँ ऋण लिएका थिए।

ऋणीहरुलाई तमसुक फिर्ता गरे पनि उनले अहिलेसम्म सम्बन्धित ऋणीबाट कति रुपैयाँ असुल गरे भन्ने कुरा खुलेको छैन। साहु र ऋणी कसैले पनि यस विषयमा प्रस्ट जानकारी गराएका छैनन्।

तर, छलफलमा सहभागी मिटरब्याजविरुद्धको संघर्ष समिति सर्लाहीका सचिव सोनठी चौधरीले कतिपय ऋणीसँग उनले लगानी गरेको रकमको सावाँसमेत असुल नगरी तमसुक फिर्ता गरेको दाबी गरेका छन्।

‘उहाँ ९ओसी मन्सुर० ले हामीसँगको छलफलमा कतिपय ऋणीबाट आफूले लगानी गरेको साउँसमेत नपाएको बताउनुभएको छ,’ सचिव चौधरीले नेपालखबरसँग भने, ‘केही ऋणीले पनि त्यो कुरा स्वीकारेका छन्। तर, साउँ नै नबुझाउने ऋणीसँग समेत उहाँले मलाई अब तिमीहरुले कुनै रकम तिर्नुपर्दैन भनेर कागज गर्नुभएको छ।’

कतिपय ऋणीसँग उनले यसअघि नै अनुचित ढंगले सावाँ(ब्याज असुल गरिसकेको अनुमान पनि गरिएको छ।

चार वर्षअघि मन्सुरसँग ३० हजार रुपैयाँ ऋण लिएकी लक्ष्मीपुरकै कलामुन खातुनले यसबीच आफूले सावाँ(ब्याजसहित मन्सुरलाई १ लाख रुपैयाँ बुझाइसकेको दाबी गरिन्। ‘मैले उहाँसँग लिएको जम्मा ३० हजार रुपैयाँ हो, तर मैले एक लाख रुपैयाँ बुझाइसकेको छु,’ खातुनले भनिन्।

मन्सुर र ऋणी सबै एउटै गाउँका बासिन्दा हुन्। बाँकी सावाँ(ब्याज मिनाहा गर्दै तमसुक फिर्ता गरेपछि ऋणीहरुले साहुकार ओसी मन्सुरलाई दोसल्ला ओढाएर सम्मान गरेका छन्।

कारबाहीबाट जोगिन तमसुक फिर्ता
सरकारले गठन गरेको अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी जाँचबुझ आयोगले तीन साताअघि मात्रै जनकपुरमा आफ्नो केन्द्रीय कार्यालय स्थापना गरेर काम अघि बढाएको छ।

सरकारले गएको चैत २० गते मिटरब्याज पीडितका समस्या समाधान गर्ने उद्देश्यले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको हो। यो आयोगमा उत्तमराज सुवेदी र गणेशबाबु अर्याल सदस्य छन्।

सर्लाहीमा मात्रै मिटरब्याजीविरुद्ध अहिलेसम्म १४ सय ७२ वटा उजुरी दर्ता भएको र मन्सुरविरुद्ध पनि जिल्ला प्रशासन कार्यालय दर्जनभन्दा धेरै उजुरी परेका छन्।

आयोगले गत वैशाख १७ गतेदेखि अनलाइनमार्फत मिटरब्याजीविरुद्ध उजुरी दिने व्यवस्था मिलाएको थियो। त्यतिबेला वैशाख मसान्तसम्म तोकिएको उजुरी गर्ने म्याद थप गरेर अहिले जेठ १४ गतेसम्म पुर्‍याइएको छ।

मिटरब्याज जाँचबुझ आयोगले थाल्यो काम, कसरी पाउँछन् पीडितले न्यायरु
यसअघि संघर्ष समितिले मन्सुरसँग पनि पटकपटक वार्ता गरेर ऋणीलाई मिटरब्याजबाट मुक्त गर्न अनुरोध गरेको थियो। तर, मन्सुरले संघर्ष समितिको आग्रहलाई अस्वीकार गरिरहेका थिए।

आयोगले गर्ने छानबिनबाट आफू दोषी देखिन सक्ने डरले उनले अहिले तमसुक फिर्ता गरेको हुनसक्ने अनुमान गरिएको छ।

बाँकी ऋण मिनाहासहित तमसुक फिर्ता पाएका ऋणीले अब मन्सुरविरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दर्ता गरेका उजुरी फिर्ता लिने सहमति भएको छ।

‘म मुद्दा-मामिलाको झन्झटमा पर्दिनँ, घाटा-नाफा जे भए पनि म सहन्छु भन्दै उहाँले ऋणीहरुको तमसुक फिर्ता गर्नुभयो,’ छलफलमा सहभागी माओवादी केन्द्रका नेता बुढाथोकीले भने, ‘तमसुक फिर्ताका लागि हामीले सहजीकरण गरेका हौँ।’

अब मन्सुरले फिर्ता गरेका सबै तमसुक लिएर ऋणीहरु जिल्ला प्रशासन कार्यालय जाने र मन्सुरविरुद्ध दिएका उजुरी फिर्ता लिने समझदारी दुई पक्षबीच भएको छ। ‘सिडिओ कार्यालयमै अब हामीहरुबीचका सबै लिनुदिनु सकियो भनेर कागज गर्ने र तमसुक सबै नष्ट गर्ने समझदारी भएको छ,’ बुढाथोकीले भने।

नयाँ कानुन निर्माणसँगै आयोग नै गठन गरेर सरकार मिटरब्याजविरुद्ध कडा रुपमा प्रस्तुत हुन थालेपछि तराई(मधेशका धेरै मिटरब्याजीले तमसुक फिर्ता गर्न थालेका छन्।

सर्लाहीका कुख्यात् सुदखोर श्याम परदेशीका दाजु नागेश्वरले पनि कतिपयलाई तमसुक फिर्ता गरेका छन्। कतिपय सुदखोरले ऋणीबाट अनुचित ढंगले असुलेको घरजग्गा पनि फिर्ता गरेका छन्।

पाँच वर्षअघि सर्लाहीबाटै पहिलोपटक संगठित रुपमा मिटरब्याजी पीडितले आन्दोलन सुरु गरेका थिए। त्यही आन्दोलननको दबाबमा सरकारले सर्लाहीका कुख्यात् सुदखोर श्याम परदेशी, सञ्जय रौनियार र रामबाबु यादवलाई पक्राउ गरेको थियो।

पक्राउपछि कारागार चलान भएका यादव र रौनियार उच्च अदालतको आदेशले छुटिसकेका छन् भने परदेशी अहिले पनि गौर कारागारमै छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

पाल्पामा जिप दुर्घटना : चालकसहित ४ को मृत्यु , घाइते पाँचको अवस्था गम्भीर

सम्बन्धित

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

पाल्पामा जिप दुर्घटना : चालकसहित ४ को मृत्यु , घाइते पाँचको अवस्था गम्भीर

तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना

सर्वोच्चको आदेश : संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

नक्कली भुटानी शरणार्थी प्रकरण : १० दिनपछि मात्रै आदेश आउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com