ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेम राईको स्पष्टीकरण– मेरो कुनै संलग्नता छैन


एबीसी / संवाददाता
जेष्ठ ११, २०८० बिहीबार  ८ : २६ बजे

काठमाडौँ, ११ जेठ । नक्कली शरणार्थी प्रकरणका आरोपितको बयानमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका केही व्यक्तिसहित तत्कालीन गृहसचिव तथा हालका अख्तियार प्रमुख प्रेमकुमार राईको पनि नाम मुछिएको छ । अख्तियार प्रमुख आयुक्त राईको गाडीमा तीन करोड रूपैयाँ राखिदिएको बयान आरोपितले दिएका छन् ।

तर, प्रहरीले यसतर्फ कुनै अनुसन्धान नै गरेन । तत्कालीन प्रधानमन्त्री ओलीको सचिवालयका केही व्यक्ति र राईमाथि पनि नैतिक प्रश्न उब्जिएको छ । तर, राई भने नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्छन् ।

आफू कुनै पनि हालतमा संलग्न नभएको केसमा जबरजस्ती नाम जोडिएकाले कुनै नैतिक प्रश्न नउठ्ने उनको तर्क छ । “मैले केही नगरेको, नजानेको, नबुझेको र नबोलेको मान्छेमाथि कसरी नैतिक प्रश्न आउँछ ?” उनी भन्छन्, “कुनै पनि बिचौलियाले के के बोले ? किन बाहिर ल्याइयो मैले जान्ने कुरा भएन । हचुवाका भरमा बिचौलियाले कहिले तीन करोड, कहिले दुई करोड र कहिले एक करोड दिएको भनेको छ । गाडीको डिकीमा राखिदिएको भन्छ रे, अनि डिक्कली खुलै हुन्छ ? त्यत्तिकै लगेर कसैले करोड करोड राख्छ ?” हिमालय टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

आज विश्व क्षयरोग दिवस

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com