ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजमार्गमा ऐँसेलु बेच्नेहरू…


एबीसी / संवाददाता

गण्डकी, ११ जेठ । वनपाखा चहारेर ऐँसेलु टिप्छन् । मल्लाताको हरियो पातलाई सोली आकारमा बेर्छन् । त्यसैमा ऐँसेलु भर्छन् र राजमार्ग छेउ आइपुग्छन् । ऐँसेलु टकार्दै गाडीको झ्यालतिर हात लम्काउँछन् । यात्रुलाई ऐँसेलु किन्न विनयपूर्वक आग्रह गर्छन् । कसैले गाडी रोकेर ऐँसेलु किन्छन्, कोही वास्तै नगरी हुइँकिन्छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ काँडेका कतिपय महिलाले हिजोआजको दैनिकी यसरी नै कटाउँछन् । मंगलबार मध्यपहाडी पुष्पलाल लोकमार्गमा मनमाया विकसँगै तीन महिला ऐँसेलु बेचिरहेका भेटिए । झरीकोसमेत पर्वाह नगरी उनीहरु हातमा ऐँसेलु लिएर सडक किनारमा उभिइरहेका थिए ।

विकले काँडाले कोतरेका हत्केला देखाउँदै ऐँसेलु टिप्नु दुःखजिलो काम भएको सुनाइन् । “बिहानमा ऐँसेलु टिप्छौँ, दिउँसो बाटोमा ल्याएर बेच्छौँ”, उनले भनिन्, “टाढाटाढा वनमा जानुपर्छ, गाह्रो भए पनि घरखर्च जुटाउन काम गर्नैपर्यो ।”

महिला टपरी झैँ खिपेको हरियो पातमा ऐँसेलु राखेर बेच्छन् । एउटाको मूल्य एक सय राखेका छन् । कुनै दिन त एकै जनाले दुई हजारसम्मको ऐँसेलु बेच्छन् । दैनिक ज्यालादारी कामकोभन्दा धेरै पैसा आउन थालेपछि महिला ऐँसेलुतिर आकर्षित भएका हन् ।

“ऐँसेलु बेच्न सजिलो त छैन, धेरैले त वास्तै गर्नुहुन्न, कोहीकोहीले गाडी रोकेर चाख मानीमानी किनेर खानुहुन्छ”, विकले भनिन्, “फुर्सदका दिनको सदुपयोग पनि भएको छ, घरगुजारा चलाउन अलिअलि पैसा पनि हुन्छ ।” बढीजसो सहरिय मानिसको रोजाइमा ऐँसेलु पर्छ । विदेशी पर्यटकले पनि किनेर खान्छन् ।

लोकमार्गले छोएको कास्कीको फेँदी कटेपछि नागडाँडा, काँडे, लुम्ले, नयाँपुलसम्मै वसन्तयाममा ऐँसेलु बेच्ने भेटिन्छन् । पहाडी भेगका अरु राजमार्ग छेउछाउ पनि ऐँसेलुको किनमेल हुन थालेको छ ।

बिदाका दिनमा त बालबालिका पनि ऐँसेलु बेच्न बाटोमा निस्कन्छन् । वयस्क पुरुष भने यो काममा खासै भेटिन्नन् । बागलुङको काठेखोला गाउँपालिका–५ का दुई दाजुभाइ शिशिर र विश्वास पनि केही दिनअघि सडकमा ऐँसेलु बेचिरहेका भेटिए ।

शनिबारको फुर्सद पारेर गाउँ नजिकैको वनबाट ऐँसेलु टिपेर ल्याएको शिशिरले सुनाए । त्यसअघि उनीहरुलाई ऐँसेलु बिक्री हुन्छ भन्ने थाहा पनि थिएन । अन्यत्र पनि सडकमा ऐँसेलु बेचेको देखेर आफूहरुले सिकेको शिशिरले बताए ।

कापीकलम र खाजाखर्च जुटाउने सोचले ऐँसेलु बेच्न बसेको उनको भनाइ थियो । उनीहरुसँग ऐँसेलु किनेर खाएपछि गोरखाका अमृतराज उपाध्ययले बालपनको सम्झना आएको बताए । उनले पोखरादेखि गलकोटसम्म पुग्दा ठाउँठाउँमा ऐँसेलु बेच्न बसेका मानिस भेटेको सुनाए ।

पहिलेपहिले वनपाखा धाएर ऐँसेलु, चुत्रोलगायत फल खाने चलन थियो । पछिल्लो समय त्योक्रम हट्दै गएको छ । चैतदेखि जेठसम्म डाँडापाखामा ऐँसेलु पाँक्ने गरेको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले बताए ।

“ऐँसेलुबाट जुस, वाइन पनि बनाउन सकिने विज्ञले बताएका छन्, तर हामीकहाँ यसबारे खासै चासो र अध्ययन भएको पाइँदैन”, उनले भने, “केही ठाउँमा ऐँसेलु संकलन गरेर बेच्न थालिएको छ, वनमा यसै खेर जाने फलबाट किसानले कमाइ गर्नु सुखद कुरा हो ।”

वनस्पति विज्ञका अनुसार मझौला काँडेदार बुट्यान (झाडी)मा ऐँसेलु फल्छ । पहाडी भेगको सातसयदेखि दुई हजार मिटरसम्ममा ऐँसेलु पाइन्छ । यो फल रसिलो र गुलियो हुन्छ । ऐँसेलु प्रकृतिमा आफैँ उम्रेर वर्षौँसम्म टिक्ने वनस्पति हो । अपच भएको अवस्थामा ऐँसेलु प्रयोग गर्नु लाभदायी मानिन्छ ।

ऐँसेलुमा भिटामिन सीलगायत सुक्ष्म पोषकतत्व पाइन्छ । ऐँसेलुको जरामा पनि औषधीय गुण हुन्छ । यो पूर्णरुपमा जैविक फल हो । ‘गोल्डेन हिमालयन रासबेरी’ले चिनिने ऐँसेलु वाइनका लागि खपत हुन थालेपछि तेह्रथुमलगायत पहाडी जिल्लाका किसानको आयआर्जनको बाटो बनेको छ, ऐँसेलु ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मेयर बालेन साहले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

शेयर लगानीकर्ताको सुरक्षा हुन्छ : अर्थमन्त्री महत

सम्बन्धित

हुम्लामा खाद्यान्न अभाव

राष्ट्रियसभा बैठक सम्भावित विपद् जोखिम व्यवस्थापनको तयारी थाल्न माग

बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : सांसद गुरुङ

शेयर लगानीकर्ताको सुरक्षाका लागि पूर्ण सहयोग हुन्छ अर्थमन्त्री डा महत

स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com