इटहरी, १८ माघ । यहाँ आजदेखि खाद्य मेला शुरु भएको छ ।
इटहरीमा विकासका लागि युवा संस्थाले आयोजना गरेको नौदिने मेलामा ३० जातजातिका परम्परागत जातीय खानाका कक्ष राखिएको छ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले मेला उद्घाटन गर्दैे विविध जातजातिको वेशभूषा र खानपान नै नेपालीको सच्चा पहिचान भएकाले यसको संरक्षण र प्रचार प्रसार एवं सम्बद्र्धनमा युवा पुस्ताले ध्यान दिनुपर्ने बताउनुभयो ।
इटहरी शिक्षा स्वास्थ्य र खेलकुदसँगै उद्योग वाणिज्य एवं व्यापारिक थलाको रुपमा पनि निकै अघि बढेको शहर बन्न सफल भएको उहाँको टिप्पणी थियो । आयोजक संस्थाका अध्यक्ष मनोज भुजे, उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्