ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभियुक्तले नाम लिएका सबैमाथि अनुसन्धान गर्न प्रहरीलाई बाटो खुला, प्रतिवादीहरुको सम्पत्ति रोक्का


एबीसी न्यूज
जेष्ठ १०, २०८० बुधबार   ६ : ५२   बजे

 

काठमाडौं १० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरूको बयानका क्रममा पोलेका थप व्यक्तिमाथि पनि अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले प्रहरीलाई बाटो खुला गरिदिएको छ। सरकारी वकिल कार्यालयले प्रतिवादीहरुको सम्पत्ति र राहदानी पनि रोक्का गरिराख्न भनेको छ।

बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा ३० जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।

यसक्रममा सरकारी वकिलले बयानको क्रममा अभियुक्तहरूले पोलमा पारी खुलाएका व्यक्तिहरूको हकमा पनि अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको हो।

‘हामीले कुनै पनि व्यक्तिको नाम लिएर अनुसन्धान गर्नु भनेका छैनौं। तर बयानको क्रममा आएका जति सबै व्यक्तिहरूमाथि थप अनुसन्धान गर्नू भनेका छौं,’ प्रमुख सरकारी वकिल एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने।

प्रहरीको अनुसन्धानबाट अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वप्रदेश सांसद अजयक्रान्ति शाक्य, विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापित लगायतको नाम बयानको क्रममा आएका छन्।

सरकारी वकिलले यस प्रकरणमा ३० जनाविरूद्ध मुद्दा चलाउनुपर्ने उल्लेख गरेको छ। १६ जना पक्राउ परेका छन् भने बाँकीलाई फरार करार गरेको छ।

सरकारी वकिलले यस प्रकरणमा अख्‍तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ललितपुरमा थप अनुसन्धानका लागि लेखेर पठाउनुपर्ने पनि उल्लेख गरेको छ।

‘अख्तियार र सम्पत्ति शुद्धीकरणलाई हामी पत्र लेख्छौं। अन्यको हकमा अनुसन्धान गर्न प्रहरीलाई भनेका छौं,’ न्यौपानेले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group