ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बादल, टोपबहादुर र प्रेमलाई ५ करोड दियौं, १६२९ जनाको फायल पास गराउनु पर्छ : सानुभण्डारीको मोबाइल म्यासेज


abc

 

काठमाडौं १० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध अभियोग दायर गरेसंगै नयां नयां रहस्य खुल्न थालेका छन् । नक्कली शरणार्थी बनाउने योजनाकार मध्येका सानु भण्डारीको मोवाइल म्यासेजले अझ डरलाग्दो संकेत गरेको छ । उनको म्यासेजमा लेखिएको छ । अडिओ रेकर्ड इम्पोटेन्ट फाइल रेकर्डमा ‘प्रेम राई, बादल, टोपबहादुर रायमाझीलाई ५ करोड दिएको, मिलाएर १६२९ जनाको फायल पास गराउनुपर्छ। यो कुरा बाहिर आयो भने बर्बाद हुन्छ। दुलालको दुक्कीतिर्की मान्छेहरु छन्। यो प्रोजेक्ट जसरी पनि पास गराउनुपर्छ। यो सबै काम मैले गर्ने हो। मबाहेक कसैले सक्दैन।’यो म्यासेज भेटिएको प्रहरीले अभियोग पत्रमा सामेल गरेको छ ।

जिल्ला अदालत काठमाडौंमा बुधबार दायर अभियोगमा पक्राउ परेका १६सहित ३० जनालाई प्रतिवादी बनाइएको छ।

उनीहरुविरुद्ध ५ वटा कसुरमा सजाय माग गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि नेउपानेका अनुसार ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ।

अभियोगमा प्रतिवादीका बयानसँगै अन्य प्रमाण समेत पेश गरिएको छ। प्रतिवादीहरुका मोवाइलमा भेटिएका प्रमाण र आर्थिक लेनदेन मुख्य प्रमाण देखिएका छन्।

मुख्य अभियुक्तमध्येका एक सानु भण्डारीको मोबाइलमा भने पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, पूर्व गृहसचिव प्रेमकुमार राई र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई रकम बुझाएको भन्ने उल्लेख छ। यीमध्ये टोपबहादुर पक्राउ परिसकेका छन्।

तर बादल र प्रेमकुमार राईलाई भने प्रतिवादी बनाइएको छैन। उनीहरुको बयानमासमेत नगराइएकोमा बुधबारको संसद बैठकमा समेत प्रश्न उठेको छ ।

तर प्रहरीले प्रमाण अपुग भएको भन्दै तत्कालका लागि प्रतिवादी बनाएको छैन। प्रमाण जुटे पछि पुरक अभियोग लैजाने विकल्प भने खुल्ला छ।

सानु भण्डारीको सामसुङ कम्पनीको मोवाइल डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गर्दा केही प्रमाण फेला परेका छन्।

जसमा भुटानी शरणार्थीसम्बन्धी समाचारदेखि मन्त्रिपरिषदको निर्णयसमेत आदानप्रदान भएको पाइएको छ।

संकेत साटुलाभा कम्पनीको मोबाइल परीक्षण गर्दा उक्त मोबाइलको इनबक्समा एउटा नम्बरबाट म्यासेज आएको छ। जसमा लेखिएको छ, ‘पैसा र यति टर्चर दिएको छु नि म मर्दा मात्र मेरो आत्माले शान्ति पाउनेछ।’

यस्तै संकेत नं.सा १ मोबाइलमा फेला परेको अडिओ रेकर्डमा केसब मामा भन्ने फाइलमा ‘माथि खर्च लाग्छ। केशव दुलाल र सानु भण्डारीले १५० जनाको लिएर खाएको छ। हामीले नगर्ने हामीलाई पनि हुनुपर्यो भनेका छन्।’

टोपबहादुर रायमाझीसँग भएको कुराकानीको पनि प्रमाण फेला परेको छ। मोबाइलमा टोप मामा भनेर नम्बर सेभ छ। टोपमामा भन्ने अडिओ कुराकानीमा एक जना भट्टराईसँग कुरा भएको छ।

‘भट्टराई भाइ, सम्पुर्ण रकम बुझिलिएँ’, भनी उल्लेख छ। यस्तै लेनदेनको हिसाबको फोटो र टेकनारायण पाण्डेसँग भाइबरमा कुराकानी गरेको समेत भेटिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजेटले आर्थिक संकट देखायो, समाधान दिएन : ओली

नयाँ बजेटमार्फत सरकारले कर छुट र सहुलियत दिएका क्षेत्रहरु

सम्बन्धित

बजेटले आर्थिक संकट देखायो, समाधान दिएन : ओली

नयाँ बजेटमार्फत सरकारले कर छुट र सहुलियत दिएका क्षेत्रहरु

यी २० संस्था खारेज गर्ने सरकोको घोषणा (सूची)

प्रधानमन्त्री प्रचण्डले संसदलाई भारत भ्रमणको जानकारी दिए, सरकारी टोली ५० सदस्यीय,निजी क्षेत्रका गरी ८८ जना

बजेट हाइलाइट्स : बद्नामा सांसद विकास कोष देखि गाँजा खेतीको अध्ययन, १ सयमा कम्पनी दर्ता लगायत

१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट : अघिल्लो भन्दा ४२ अर्बले घट्यो, के के थपिए के घटे ? (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com