काठमाडौं, १८ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भोली शुक्रबार बिहान भेटवार्ता हुने भएको छ।
होटल सोल्टीमा बिहान साढे नौ बजे भेटको समय तय भएको हो। वाम गठवन्धनको तर्फबाट नयाँ सरकार निर्माणको तयारी भइरहेको समयमा भारतीय विदेशमन्त्री र अध्यक्ष दाहालबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
वाम गठबन्धन चीन निकट भन्ने चर्चा भइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विदेशमन्त्रीलाई नेपाल भ्रमणमा पठाएका हुन्।
एमालेका अध्यक्ष केपी ओलीसँग भने स्वराजले बिहीबार साँझ नै भेट्दै छिन्।
प्रतिक्रिया दिनुहोस्