ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१७ ठाउँमा सरकारले प्रदेश र स्थानीय सरकारलाई इकाई जस्तो मानेको छ : अध्यक्ष यादव


ABC NEWS

काठमाडौँ १० जेठ । सत्तारुढ जनता समाजवादी पार्टीका अध्यक्ष तथा उपचुनावबाट विजयी सांसद उपेन्द्र यादवले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले संघीयताविरोधी भाव बोकेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद यादवले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संघीय सरकारले प्रदेश र स्थानीय तहका अधिकार आफूसँगै राखेको दावी गरे ।
संघीय सरकारले संविधानले प्रदेशहरूलाई दिएका अधिकार आफूसँगै राखेको भन्दै उनले आपत्ति पनि जनाएका छन् । ‘१७ भन्दा बढी ठाउँमा प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले नियन्त्रण गर्ने र दिने जस्तो व्यवस्था राख्न खोजिएको छ । यो भनेको संघीयताको मूल मर्म र भावना विपरीत हो । प्रदेशहरू संघका पार्टनर ९साझेदार० हुन्, इकाई होइनन् संघीय प्रणालीमा,’ उनले भने, ‘नीति तथा कार्यक्रमले संघीयता विरोधी भाव बोक्ने काम गरेको छ ।’

नीति तथा कार्यक्रममा संघीयताको कार्यान्वयन गर्ने उल्लेख रहेको तर त्यो कसरी भन्ने नलेखिएको यादवले बताए । उनले संघीय संरचनाको निर्माण र नामाकरणमा त्रुटि रहेको बताए । ‘संघीयताको संरचना नै त्रुटिपूर्ण छ, यसलाई सुधार गर्ने कि नगर्ने ? संघीयतामा प्रदेशहरूको नामाकरण खोलानाला, खोल्साहरूबाट गरिएको छ । यसलाई ऐतिहासिक पृष्ठभूमि र पहिचानका आधारमा गर्ने कि नगर्ने रु सच्याउने कि नसच्याउने ?’ उनका प्रश्न थिए, ‘संविधानमा उल्लेख भएका अधिकार प्रदेशहरूले प्रयोग गर्न पाइरहेका छैनन्, त्यो दिने कि नदिने ?

नीति तथा कार्यक्रममा संघीय संचरना बलियो बनाउने र संवैधानिक व्यवस्था कार्यान्वयन गर्ने भन्ने उल्लेख भए पनि त्यसको कार्यान्वनका लागि चासो र नीति सरकारसँग नभएको यादवले भने । प्रदेश सरकारहरू प्रहरी र कर्मचारीविहीन भएको तर सरकारले त्यसको समाधानका लागि निर्णय नलिएको उनको भनाइ थियो ।

‘प्रदेश सरकारहरूलाई प्रहरी हस्तान्तरण, समायोजन गर्ने कि नगर्ने ? निजामती ऐन रोकेर ढिलाइ गरिदिएर प्रदेशमा कर्मचारी कहिलेसम्म रोक्ने ? केन्द्रमा रहेका संघीय सरकारका मन्त्रालयले आफ्नो मुठ्ठीमा राखेका प्रदेशका अधिकारहरूलाई प्रदेशमा नदिएर संघीयता कार्यान्वलयन हुन्छ र ? उनले भने । नीति तथा कार्यक्रम अमूर्त, काल्पनिक भए पनि मिठा शब्दले भरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com