ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानी महिला आन्दोलनकारीको प्रशंसामा भाइरल तस्बिर एआई जेनेरेटेड भएको पुष्टि


abc

काठमाडौँ, १० जेठ । पूर्वपाकिस्तानी प्रधानमन्त्री तथा चर्चित क्रिकेटर इमरान खानले आफ्नो पार्टी पाकिस्तान तारीक–ए–इन्साफको विरोध प्रदर्शनमा महिला आन्दोलनकारीहरूको प्रशंसा गर्दै सेयर गरेको भिडियोमा प्रयोग भएको एक प्रमुख तस्बिर एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सबाट बनाइएको पुष्टि भएको छ ।

फ्रान्स २४ नामक टीभी च्यानलले गरेको तथ्य जाँचमा सुरक्षा फौजको अगाडि उभिएकी एक महिला देखिने उक्त तस्बिर एआईको प्रयोगबाट बनाइएको र अन्य दुई भिडियो क्लिप पनि प्रदर्शनसँग सम्बन्धित नरहेको पाइएको समाचार संस्थाले जनाएको छ ।गत शुक्रबार खानले सामाजिक सञ्जाल ट्वीटरमा सेयर गरेको उक्त भिडियो झन्डै १६ लाख पटक हेरिएको थियो । उक्त भिडियो सेयर गर्ने क्रममा उनले ुजुन उत्साहका साथ पाकिस्तानी महिलाहरू आफ्नो स्वतन्त्रता र लोकतन्त्रको पक्षमा उभिएका छन्, देशको लोकतान्त्रिक इतिहासमा यसको उच्च सम्मानका साथ स्मरण गरिनुका साथै हाम्रो सुरक्षा फौजहरूको क्रुरता र उनीहरूले महिलाहरूलाई अपमान गर्न प्रयोग गरेको निर्लज्ज बल प्रयोग पनि हामी बिर्सनेछैनौुं भन्दै महिला प्रदर्शनकारीहरूमाथि बल प्रयोग भएकोमा विरोध जनाएका थिए ।

गएको वर्ष एक अविश्वास प्रस्तावमार्फत पाकिस्तानको प्रधानमन्त्रीबाट हटाइएका भए पनि खान निरन्तर पाकिस्तानको राजनीतिको केन्द्रमा रहँदै आएका छन् । यसबीचमा उनले ुलङ मार्चु जस्ता प्रदर्शन गर्ने मात्र नभइ पञ्जाबमा भएको चुनावमा राम्रो जित निकालेपछि समयभन्दा अगावै आमनिर्वाचनको माग गर्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् । गएको नोभेम्बरमा उनीमाथि एक यस्तै प्रदर्शनमा गोलीसमेत प्रहार भएको थियो । गत मार्चयता आतंकवाद र भ्रष्टाचार लगायतका आरोपमा खानलाई पक्राउ गर्न प्रयत्नरत पाकिस्तान सरकारले मे महिनामा भने उनलाई पक्राउ नै गरेको थियो ।

खानको पक्राउको विरोधमा पाकिस्तानभर हिंसा भड्किएको थियो ।पाकिस्तानको सर्वोच्च अदालतले धरौटीमा छोड्न र फेरि पक्राउ नगर्न आदेश दिएपछि छुटेका खानका समर्थकले उनको समर्थन र पाकिस्तानी सेना र सरकारको विरोधमा प्रदर्शनहरू जारी राखेका छन् ।

पाकिस्तानकी सूचना तथा प्रसारणमन्त्री मरीयम औरञ्जेबले मिथ्या तस्बिरको प्रयोग गरेको भन्दै खानको आलोचना गरेकी छन् । उनले खानको भिडियोमा प्रयोग भएका अन्य तस्बिर र फुटेजहरू पनि तोडमोड गरिएको र यसले पाकिस्तानी सुरक्षा फौजको उपहास गरेको प्रतिक्रिया दिएकी छन् ।गएको साता यस्तै अर्को घटनामा अमेरिकी रक्षा मन्त्रालय ९पेन्टागन०मा विष्फोट भएको भन्दै हल्ला फिँजाइएको एक तस्बिर पनि फेक र एआई जेनेरेटेड भएको पुष्टि भएको थियो । यस्तै, मे १६ मा ड्यानिएल मार्विन नामक व्यक्तिले इलन मस्कको भविष्यकी पत्नी भन्दै रोबोटसँग अन्तरंग बनेको एआई जेनेरेटेड तस्बिरहरू पनि भाइरल भएका थिए । यति मात्र होइन, रिपब्लिकन नेशनल कंग्रेसले अमेरिकी राष्ट्रपति जो बाइडेनविरूद्ध बनाएको भिडियो विज्ञापनमा प्रयोग भएको एक तस्बिर पनि एआईको प्रयोगले बनाएको भेटिएको थियो । संसारभरका सरकार र नीतिनिर्माताहरू एआईलाई कसरी नियमन गर्ने भन्नेमा प्रयत्नरत रहेको बेला यस्ता तस्बिर र भिडियोको अत्यधिक प्रयोग सुरक्षा निकाय र राजनीतिज्ञहरूको लागि पछिल्लो टाउको दुखाइ बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शरणार्थी प्रकरणमा थुनछेक बहस आज दोस्रो दिन

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

सम्बन्धित

भारतको ओडिसामा भएको रेल दुर्घटनामा परेकाको उद्धार सकियो

मणिपुर जातीय हिंसामा मृत्यु हुनेको संख्या ९८ पुग्यो, करोडौँको सम्पत्ति नष्ट

भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २ सय ३३ पुग्यो, ९ सय जति घाइते भएको अनुमान

अमेरिकामा पढेका जोर्डनका युवराज र साउदी युवतीबीचको विवाहको विश्वभर यसकारण चर्चा

१५ वर्षदेखि भारतीय सुरक्षा संगठनले खोजी गरिरहेका दिनेश विराटनगरमा एक वर्षदेखि ढावा चलाइरहेका थिए

गुजरातलाई हराउँदै चेन्नाई फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com