ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी प्रकरण : सचिव पाण्डेले पीएसओलाई डिपोजिट गर्न लगाए १ करोड १४ लाख


ABC NEWS
जेष्ठ ८, २०८० सोमबार  ९ : ५१ बजे

काठमाडौँ ८ जेठ। नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रलोभन देखाइ ठगेको आरोपमा ३२ जनालाई प्रतिवादी बनाएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे पनि सो प्रकरणका एक आरोपितका रूपमा थुनामा छन् । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा सचिव पाण्डेले गिरोहसँग लिएको १ करोड १४ लाखको हिसाब प्रहरीले फेला पारेको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार तत्कालीन गृह सचिव पाण्डेले १ करोड १४ लाख नगद बैंक खातामा डिपोजिट गराएका हुन् ।

सचिव पाण्डेले पीएसओ (व्यक्तिगत सुरक्षा अधिकृत) लाई रकम डिपोजिट गर्न लगाएको अनुसन्धानबाट थाहा भएको प्रहरी स्रोतको भनाइ छ ।

अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्, ‘तत्कालीन गृह सचिव पाण्डेले पीएसओलाई रकम डिपोजिट गर्न लगाएको भेटिएको छ ।’

गिरोहबाट लिएको रकम उनले ४ वटा छुट्टाछुट्टै बैंकमा डिपोजिट गरेका हुन् । शरणार्थी प्रकरणमा लिएको रकम फरकफरक समयमा ७ पटक आफ्नो बैंक खातामा पाण्डेले डिपोजिट गरेका थिए ।

नक्कली शरणार्थीपूर्व गृहमन्त्री बालकृष्ण खाणसहित ३२ जनालाई प्रहरीले विपक्षी बनाएर सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले २७ करोड ५० लाख ७४ हजार ५ सय रुपैयाँ बिगो मागदाबी लिनुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन पेस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com