ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी प्रकरण : पूर्वप्रधानमन्त्री ओली र देउवाको पनि बयालन लिन सांसद सुवालको माग


ABC NEWS
जेष्ठ ८, २०८० सोमबार  १२ : ५३ बजे

काठमाडौं ८ जेठ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरमा ल्याउन माग गरेका छन्।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुवालले प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीको कामकारवाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताउँदै पूर्वप्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाइ अनुसन्धानलाई पूर्ण बनाउनुपर्ने बताए। नक्कली शरणार्थी प्रकरणमा दुई जना तत्कालीन उपप्रधानमन्त्री र गृहमन्त्री प्रहरी हिरासततमा रहेकाले यसमा पूर्वप्रधानमन्त्री पनि संलग्न भएको आशंका उनले व्यक्त गरे।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ४ सय नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका छिराइएको अभिव्यक्ति दिएकोप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए।

ुएक पूर्वप्रधानमन्त्रीले ४ सय नेपालीलाई भूटानी शरणार्थी बनाएर १० वर्षअगाडि नै अमेरिका छिराएको प्रमाण आफूसँग भएको सार्वजनिक रूपमै बोलेको सरकारलाई थाहा छैन र ? उनले प्रश्न गरे।

यसैगरी जापानमा राजवंशी कोटा खुल्यो भनी ४ सय जनाबाट ३ सय करोडभन्दा बढी ठगी गर्ने गिरोहसँग पनि मन्त्रीको संलग्नता रहेको हुनसक्ने आशंका उनले व्यक्त गरे।

अमेरिकाको एक प्रतिवेदनमा भारतीय जनता पार्टी (भाजपा)ले नेपाली शासक दललाई हिन्दू राज्य बनाउन भन्दै रकम दिएकोबारे पनि उनले सरकारको जवाफ माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com