काठमाडौं २६ जेष्ठ । प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्तिका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार पुनको शपथ मंगलबार दिउँसो ३ बजे हुने तय भएको छ । पुन म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका हुन् । यसअघि उनी सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्रीको जिम्मेवारीमा थिए ।
त्यसैगरी प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुदन गुरुङलाई पुनः गृह मन्त्रालयमा फर्काउने निर्णय लिएका छन् । यसअघि गृह तथा विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका थिए । नयाँ निर्णयसँगै मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी बाँडफाँडमा महत्वपूर्ण परिवर्तन हुने संकेत देखिएको छ ।








प्रतिक्रिया दिनुहोस्