ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोएर उपचारका गर्ने भन्दै ठगी गर्ने कथित ज्योतिषी सिमान्तको कार्यक्रम प्रतिवन्धित


ABC NEWS

दाङ ८ जेठ । अलौकिक मनोवैज्ञानिक उपचारका नाममा ठगी गर्दै हिँड्ने कथित ज्योतिषी सिमान्त केसीद्वारा तुलसीपुरमा आयोजना गरिएको ४ दिने कार्यक्रमलाई प्रहरीले रोक लगाएको छ । दाङ लगायत छिमेकी जिल्लाबाट ३ सय बढी मानिस जम्मा गरेर आइतबार बिहानैदेखि तुलसीपुर उपमहानगरपालिका–६ स्थित त्रिसिद्धेश्वरी मन्दिरमा भेटघाट गरिरहेका बेला प्रहरीले त्यस्तो कार्यक्रममा रोक लगाएको हो ।

हात, अनुहार हेरेर, शरीर छामेर रोग निको पार्ने भन्दै भ्रम फैलाइएको पाइएपछि उक्त काममा रोक लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले बताए ।

‘प्रतिव्यक्ति एक हजार रुपैयाँ उठाएर उपचार गर्ने गलत प्रचारप्रसार गरिएको पाइएपछि त्यस्तो भेटघाट र कथित उपचारलाई रोकिएको हो,’ उनले भने, ‘उपचारका लागि भन्दै सल्यान, रोल्पा र बाँकेबाट समेत मानिस आएका थिए ।’ कतिपय अघिल्लो दिन नै तुलसीपुरमा आएर होटलमा बसेको पाइएको छ ।

उनीहरूले आइतबारदेखि चार दिनसम्म कार्यक्रम गर्ने तयारी गरिरहेका बेला रोकिदिएको डिएसपी मल्लले बताए । ‘मानिस अनावश्यक भ्रमको पछि लागेको देखियो । जति खर्च गर्दा पनि रोग निको भएको छैन, हात हेरेर उपचार हुन्छ भने किन नगर्ने भन्ने मानिस भेटिए,’ उनले भने, ‘यसरी समाजमा गलत भ्रम फैलाउन पाइँदैन । मानिसमा पनि चेतनाको कमी भयो । अहिलेको जमानामा हेरेका भरमा उपचार कसरी हुन्छ रु’

प्रशासनको अनुमति नलिएर उपचारका नाममा मानिसको भीडभाड गरेको पाइएपछि उक्त कार्यक्रममा रोक लगाएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी राजनकुमार गौतमले बताए । ‘प्रशासनलाई कुनै पनि जानकारी नदिएर मानिसको भीड गरेको देखियो,’ उनले भने, ‘उपचारका नाममा अनावश्यक भ्रम फैलाउने गरेको पाइएको छ । त्यसलाई हामीले रोकेका छौं ।’

प्रशासनको अनुमति नलिएर गलत काम गर्न थालेको पाइएपछि रोकेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । मानिसलाई भ्रममा पारेर उपचारको हल्ला फैलाइएको पाइएपछि रोक्न आदेश दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com