ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरानबाट अत्याधुनिक पेस्तोलसहित दुईजना पक्राउ


एबीसी / संवाददाता
जेष्ठ ८, २०८० सोमबार  ८ : ०२ बजे

धरान, ८ जेठ । धरानमा अत्याधुनिक हतियारको कारोबार गर्ने थप दुई जनालाई धरान प्रहरीले पक्राउ परेको छ । प्रहरीले अत्याधुनिक युएसए लेखिएको एक थान पेस्तोल र म्याग्जिन बरामत गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक रूद्र खड्का र इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लको संयुक्त टोलीले धरान–१० का ३५ वर्षीय राजेश लिम्बू र धरान–५ का कुमार भण्डारीलाई पक्राउ गरेको हो ।

उनीहरूले धरान–८ को जनता ग्यारेजमा अत्याधुनिक पेस्तोल लुकाइ राखेको भन्ने विशेष सुराकीको आधारमा छापा मार्दा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको डिएसपी मल्लले बताए ।

प्रहरीले केहीदिन अगाडि पनि धरान–१७ का हुकमेन जिमी, दीपक जिमी र रोहित राईलाई दुई थान पेस्तोलसहित पक्राउ गरेको थियो ।

हतियारसहित पक्राउ परेका पाँचै जनालाई हातहतियार खरखजनासम्बन्धी कसुरअन्तर्गत जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

नेपाल–भारत खुला सिमानाको मौका छोपी हतियार कारोबारीहरूले अत्याधुनिक हतियार धरानसम्म ल्याएर बिक्री गर्ने गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

आज विश्व क्षयरोग दिवस

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com