ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटमाथिको छलफलमा अर्थमन्त्री सांसदको प्रश्नमा किन टक्टकीए ? के हो सवाल जबाफ ?


ABC NEWS

काठमाडौँ ६ जेठ । नयाँआर्थिक वर्ष २०८०–८१ को बजेटसम्बन्धी प्रतिनिधिसभाको अर्थ समितिले बैठकमा अर्थमन्त्री प्रकाशशरण महत सांसदहरुको स्वभाविक प्रश्नको जबाफ दिनुको साटो चिच्चाहट प्रदर्शन गरेका छन् । शनिबार बसेको बैठकमा अर्थमन्त्री प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच लामै गलफत्ति पर्यो ।

रास्वपा सांसद श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट कस्तो हुनु पर्दछ भन्ने बारेमा धारणा राखिरहेका बेला अर्थमन्त्री महतले प्रश्न मात्र गर्न भन्दै टक्टकिएका थिए । आफूभन्दा पहिले नै बोलेका सांसदका कुरा रास्वपा सांसद श्रेष्ठले दोहोर्‍याएका थिए । श्रेष्ठकोल अभिव्यक्ति शैलीपनि अस्वभाविक नै सुनिएको थियो ।

सांसद श्रेष्ठले ‘डाँडाको टुप्पोमा भ्युटावर भनेको कस्तो बेवकुफ!!’ भन्ने शब्द प्रयोग गरेपछि मन्त्री महतले पुराना कुराभन्दा पनि अर्थतन्त्र र बजेटको बारेमा जिज्ञासा राख्न आग्रह गरेका थिए । सोही विषयलाई लिएर सांसद श्रेष्ठले साना कुराहरूमा आत्मनिर्भर बन्नुपर्ने बताए ।

मन्त्री महतले आफूले यस्ता विषयहरू बुझिसकेको भनेपछि पुनः सांसद श्रेष्ठले निजी क्षेत्रले सरकारलाई विश्वास गर्न नसकेको कुरा उठाएका थिए । उनले वित्तीय संस्थालाई नियमन कसरी गर्ने रु तीन खम्बे अर्थनीतिको कुरा गरेपछि पुनः मन्त्री महतले आफूले यस बारेमा बुझिसकेको प्रतिक्रिया दिएका थिए ।

मन्त्री महतले आफूलाई समयको चाप रहेकाले छोटकरीमा आफ्ना सुझाव र जिज्ञासा राख्न आग्रह गरेका थिए । सांसद श्रेष्ठले भने मन्त्री महतलाई हतार नगर्न भनेका थिए । सांसद श्रेष्ठले लाखौं रुपैयाँ खाएर सहकारीका सञ्चालक भागिरहेको, खर्बौं रुपैयाँ वित्तीय प्रणालीमा नरहेको भन्दै ‘देशमा आर्थिक संकट नभए के लक्ष्मी भगवान आएर बस्छन् र ‘ भन्ने प्रश्न गरेका थिए । उनले फेरि मन्त्री महतलाई यो कुरा कहाँ ध्यानाकर्षण गराउने रु भन्दै प्रश्न गरेका थिए ।

संसदीय समितिमा मन्त्रीले हतार भयो भन्न नहुने श्रेष्ठको भनाइ थियो । मन्त्रीको हतार भए समितिको बैठक नै राख्न नहुने भनाइ श्रेष्ठको थियो । उनले मन्त्री महतलाई हतार भए बैठकबाट जानुस्‌सम्म भनेका थिए ।

सांसद श्रेष्ठले पुराना कुरा दोहोर्‍याएको भन्दै मन्त्री महतले जिज्ञासा मात्रै राख्न आग्रह गरेका थिए । आफूले बुझिसकेका कुरा सांसद श्रेष्ठले दोहोर्‍याइरहेको महतको भनाइ थियो । त्यसपछि सांसद श्रेष्ठले ‘बुझिसकेको भए अर्थतन्त्रमा किन संकट छ र ‘ भन्ने प्रश्न गरेका थिए ।

मन्त्री महत र सांसद श्रेष्ठबीचको भनाभन

सांसद श्रेष्ठ स् पूँजीगत खर्च भनेको पुँजीगत खर्च होइन, पुँजीगत लगानी हो । त्यसले त प्रतिफल दिनुपर्छ हामीलाई । त्यो प्रतिफल कहिले र कति आउँछ रु भन्ने हामीसँग आकलन हुँदैन । उदाहरणको लागि गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लिए पुग्छ । हाम्रा योजना मनगढन्ते हुन्छन् । एक पटक भ्युटावरको कल्चर आएको थियो । डाँडाको टुप्पोमा भ्युटावर भनेको कस्तो बेबकुफ कुरा हो । डाँडा आफैँ भ्युटावर हो नि त १ व्यापार घाटामा कतै न कतै अवसर लुकेको छ । १३ करोडको धनियाँ आयात गर्छौं, त्यसमा धनियाँमा आत्मनिर्भर बनौँ न ।

अर्थमन्त्री – भ्यु टावरको कुरा मैले संसद्‌देखि सुनेको सुन्यै छु, यो कुराको ग्रहण गरिसकेँ ।

सांसद श्रेष्ठ स् निजी क्षेत्रले सरकारलाई विश्वास नै गर्न सकेको छैन । वित्तीय संस्थालाई नियमन कसरी गर्ने रु हामीले तीन खम्बे अर्थनीतिको कुरा गरेका छौँ । सहकारी बेसलाइन अर्थतन्त्र हो यो ।

मन्त्री – बुझेँ बुझेँ ।

सांसद श्रेष्ठ स् मन्त्रीज्यु हतार नगर्नस् न १ जवाफ नै लामो दिइराख्नुभएको छ तपाईंले । प्रश्न सोध्दा तपाईंलाई ध्यानाकर्षण त गराउनुपर्छ नि । लाखौं रुपैयाँ खाएर सहकारी भागिरहेको छ, खर्बौं रुपैयाँ वित्तीय प्रणालीमा छैन । अनि देशमा आर्थिक संकट नभए के लक्ष्मी भगवान् आएर बस्छन् रु यो कुरा हामीले कहाँ ध्यानाकर्षण गराउने रु तपाईंलाई हतार भयो भनेर हुन्छ रु कि बैठक नै राख्नुभएन । सभापतिज्यू, यस्तो हो भने बैठक नै नराखिदिनुहोस् । उहाँलाई हतार छ, ठिक छ, जानुहोस् ।

मन्त्री – तपाईहरूले पटकपटक यी कुराहरु राख्नुभएको छ । जिज्ञासा मात्रै राख्नुस् न । मैले ग्रहण गरेको छु, व्याख्यात्मकभन्दा जिज्ञासामा जानुहोस्, यो कुरा बुझेको छु ।

सांसद श्रेष्ठ स् बुझेको भए संकट किन छ ? मैले आजको आजै संकट समाधान हुन्छ भनेँ र रु त्यसका लागि म इमानदार प्रयास गर्छु । आजको बैठकको औचित्य के ?

मन्त्री – सभापतिज्यूले बोलाएर म आएको हो नि !

सांसद श्रेष्ठ : तपाईं त समितिप्रति जवाफदेही हुनुहुन्छ नि । हाम्रो औपचारिक प्रणालीबाट खर्बौं रुपैयाँ बाहिर छ, त्यसलाई नियमन गर्नुहोस् । त्यसले पनि असर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com