ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पञ्जाब प्लेअफ दौडबाट बाहिरियो


एबीसी / संवाददाता
जेष्ठ ६, २०८० शनिबार  ८ : ४० बजे

काठमाडौँ, ६ जेठ । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)–२०२३ को प्लेअफ दौडबाट आफ्नो आशा जीवित राखेको छ भने पञ्जाब किंग्स दौडबाट बाहिरिएको छ । राजस्थान रोयल्सले चालु सिजनको ६६औँ खेलमा पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।

यो जितसँगै राजस्थान तालिकाको पाँचौँ स्थानमा पुगेको छ । लिगका सबै खेल खेलेपछि उनको खातामा १४ अंक छ भने पञ्जाबले १२ अंक मात्र जोड्न सकेको छ । यस्तो अवस्थामा पञ्जाब प्लेअफको दौडबाट बाहिरिएको छ । प्लेअफमा प्रवेश गर्न राजस्थानले अब मुम्बईको हार र बैंगलोरको ठुलो हारको लागि प्रार्थना गर्नुपर्ने छ ।

हिमाञ्चल प्रदेशस्थित धर्मशाला मैदानमा राजस्थानले टर जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । सुरूवाती ब्याटर नचले पनि मध्यक्रमका खेलाडीले पारी उकासेका थिए । साम करनले ४९ बनाउँदा जितेन शर्माले ४४ तथा साहरूख खानले ४१ रन जोडे ।

राजस्थानका नवदीप सैनीले ३ विकेट लिए । ट्रेन्ट बोल्ट र एडम जाम्पाले एक–एक विकेट हात पारे ।

जबाफमा राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाएर १८८ रनको लक्ष्य पूरा गर्‍यो । ओपनर यजश्वी जैसवाल र देवदत्त पाडिक्कलले अर्धशतकीय पारी खेले । जैसवाले ३६ बलमा ५० रन बनाए । पाडिक्कलले ३० बलमा ५१ रन जोडे । यस्तै सिम्रन हिटमेयरले ४६ रनको इनिङ खेले ।

पञ्जाबका कगिसो रबडाले २ विकेट लिए भने साम करन, अर्शदीप सिंह र नाथन एलिसले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com