ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाख्रापालक कृषकलाई अनुदान वितरण


एबीसी / संवाददाता
जेष्ठ ६, २०८० शनिबार  ७ : ४४ बजे

म्याग्दी, ६ जेठ । बेनी नगरपालिकाका छ वटा वडालाई समेटेर बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आबद्ध कृषकलाई १६ लाखभन्दा बढी अनुदान वितरण गरिको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जिल्ला बाख्रा व्यवसायी संघमार्फत् बेनी नगरपालिकाको १ देखि ६ नम्बर वडामा बाख्रा ब्लक कार्यक्रम सञ्चालन गरेको छ ।

केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश रिजालले बाख्रा ब्लक निरन्तरता कार्यक्रमअन्तर्गत ६५ जना कृषकलाई प्रतिव्यक्ति २४ हजार ६२५ का दरले अनुदान वितरण गरिएको जानकारी दिए । खोर तथा ओपन याड निर्माण, मर्मत, प्रजनन बोका खरिद, यान्त्रीकरण कार्यक्रमका लागि सम्झौता गरेका सबै कृषकले कार्यसम्पन्न गरेपछि रकम वितरण गरेको उनले बताए ।

केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले सबै कृषकको फर्म अनुगमन गरेर सम्झौताअनुसारको काम गरेको प्रमाणित भएपछि १६ लाख ६२५ नगद अनुदान वितरण गरिएको बताए । कार्यक्रमअन्तर्गत यसअघि सात सय ५० किलोग्राम सुदान, बजरा, टियोसेन्टी जातको घाँसको बीउका साथै आइभरनाइट ट्याब्लेट, मिनिरल र बाह्य परजीवीविरुद्धको औषधि वितरण गरिएको थियो । कृषकलाई अभिमुखीकरण र अन्तरक्रिया भइसकेको छ ।

चालु आर्थिक वर्षमा २० लाख विनियोजन भएको (ब्लक) कार्यक्रममार्फत खोर तथा ओपन याड मर्मत, प्रजनन बोका, फार्म यान्त्रीकरण, मासु पसललाई फ्रिज प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको जिल्ला बाख्रा व्यवसायी संघका उपाध्यक्ष महेन्द्र बानियाँले बताए ।

व्यावसायिक बाख्रापालन विस्तार, मासुको उत्पादन वृद्धि, गुणस्तर सुधार र बजारीकरणमा सघाउने उद्देश्यले गत वर्षदेखि ब्लक कार्यक्रम सुरु भएको थियो । गत वर्ष ३९ जना कृषकले ब्लक कार्यक्रममा आबद्ध भएका थिए ।

यस वर्ष १० वटाभन्दा बढी बाख्रा पालेका कृषकलाई कार्यक्रममा आबद्ध गराइएको जिल्ला बाख्रा व्यवसायी संघका सचिव नरबहादुर थापाले बताए । म्याग्दीलाई मासुमा आत्मनिर्भर बनाउने र नश्ल सुधारका लागि आवश्यक उन्नत जातका बोका उत्पादन गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com