ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लरी नास्सारमाथि यौन हिंसाको फेरी अर्को आरोप


admin
माघ १८, २०७४ बिहीबार  ३ : ०३ बजे

काठमाडौं, १८ माघ । अमेरिकाको मिसिगनका एक न्यायाधीशले पूर्व जिम्नास्टिक डाक्टर लरी नास्सारको यौन हिंसाको सिकार भएकाको संख्या २ सय ६५ जनाभन्दा बढी भएको बताएका छन् ।

मिसिगनका न्यायाधीश जेनिस कनिङ्गमले अहिलेसम्म यौन हिंसाको सिकार भएका २ सय ६५ जनाभन्दा बढी पीडितहरुको पहिचान भइसकेको र पीडित हुनेहरु अनगिन्ती रहेको बताए । उनले सबै पीडित व्यक्तिगत रुपमा यो प्रक्रियामा सहभागी भएको बताएका छन् ।

अभियोजन पक्षले यसै हप्ता सजाई सुनाइने क्रममा रहेका तीन वटा सुनुवाईमा कमसेकम ६५ जना पीडितले नस्सारको विरुद्ध बयान दिन तयार रहेको जनाएको छ ।

अघिल्लो हप्ता १६० जना महिलामाथि यौन हिंसा गरेको पुष्टि भएपछि नस्सारलाई ४० देखि १ सय ७५ वर्षसम्मको जेल सजाय सुनाइएको थियो । यसअघि बालयौन शोषणसंग सम्बन्धित फोटो राखेको आरोपमा नस्सारलाई ६० वर्षको जेल सजाय सुनाइएको थियो ।

नास्सारले १३ वर्षभन्दा कम उमेरकी एक र १६ वर्षभन्दा कम उमेरका दुई बालिकालाई पनि यौन हिंसा गरेको बताइएको छ । पछिल्लो सुनुवाईका क्रममा एक १७ वर्षीया बालिकाले नस्सारलाई सैतानको संज्ञा दिएकी छन् ।

यो सुनुवाईपछि उनलाई यसअघि दिइएको सजायमा थप २४ देखि ४० वर्षसम्मको जेल सजाय बढ्ने सम्भावना रहेको बताइएको छ । मुद्दाको सुनुवाई तीन दिनसम्म चल्ने छ । यस क्रममा पीडितहरुको बयानसमेत लिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com