ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु परिवर्तनलाई बेवास्ता गरे सकारात्मक विकास असम्भव


abc

काठमाडौं, १ जेठ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले जलवायु परिवर्तनलाई बेवास्ता गरिए विकासका लागि भएका प्रयासको सकारात्मक नतिजा नआउने बताउनुभएको छ । जनप्रतिनिधि, कर्मचारी, नगरवासीसहित जलवायु परिवर्तनका क्षेत्रमा अध्ययन गर्ने अनुसन्धानकर्ता र साझेदारकाबीच आजबाट सुरु गरिएको दुई दिने सचेतना तथा अभिमुखीकरण कार्यक्रममा उपप्रमुख डङ्गोलले सो धारणा राख्नुभएको हो ।

जलवायु परिवर्तन विश्वव्यापी समस्या हो । यसको कारणमा नेपालको योगदान छैन तर असर भोगिरहेको छ । “बाढीपहिरो, खडेरी, अतिवृष्टि, अनावृष्टि, अति जाडो र गर्मी प्राकृतिक रुपमा बढिरहेका जोखिमले आर्थिक, सामाजिक, जैविक विविधता, पर्यटनलगायत क्षेत्रमा असर गरेको छ । यसबाट परेका असर तथा जोखिम कम गराउन, बदलिँदो मौसम अनुकूलन अघि बढ्न आवश्यक छ”, उपप्रमुख डङ्गोलले भन्नुभयो ।

कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले अनुकूलन र न्यूनीकरणका लागि काम गर्नु अहिले सबैको मुख्य जिम्मेवारी हो भन्नुभयो । काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बनाउन धेरै पक्षका बीचमा सन्तुलन कायम गराउनुपर्ने भन्दै कामपाका प्रवक्ता नवीन मानन्धरले सन्तुलन विगार्नेमध्ये सबैभन्दा महत्वपूर्ण पक्ष जलवायु परिवर्तन रहेको र यसका असर कम गराउनु अहिलेको प्रमुख दायित्व रहेको बताउनुभयो । दुई दिने कार्यक्रममा कामपाका ३२ मध्ये हरेक वडाबाट दुई वडा सदस्यसहित अन्य जनप्रतिनिधि, कर्मचारी र साझेदार संस्थाका प्रतिनिधि सहभागी रहनुभएको छ । (((

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मेयर बालेन साहले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

शेयर लगानीकर्ताको सुरक्षा हुन्छ : अर्थमन्त्री महत

सम्बन्धित

हुम्लामा खाद्यान्न अभाव

राष्ट्रियसभा बैठक सम्भावित विपद् जोखिम व्यवस्थापनको तयारी थाल्न माग

बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : सांसद गुरुङ

शेयर लगानीकर्ताको सुरक्षाका लागि पूर्ण सहयोग हुन्छ अर्थमन्त्री डा महत

स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com