ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगारीका पीडितलाई क्षतिपूर्ति प्रदान


एबीसी न्यूज

काठमाडौं, १ जेठ । सुरक्षित आप्रवासन कार्यक्रम ९सामी० को पहल र स्थानीय तहको सक्रियतामा वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिबापतको रकम पाएका छन् ।

वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु तथा जालसाजीमा परेका उनीहरुले सामी कार्यक्रमको समन्वयमा चालु आर्थिक वर्षमा रु दुई करोड ७१ लाख ९५ हजार पाँच सय ९१ रकम क्षतिपूर्तिबापत प्राप्त गरेका हुन् ।

वैदेशिक रोजगारका क्रममा मृत्यु भएका, बेपत्ता भएका, ठगीएका र उद्धार गरिएका पीडितलाई सामी कार्यक्रमको समन्वयमा क्षतिपूर्तिबापतको रकम प्रदान गरिएको कार्यक्रमकी जिल्ला संयोजक लुना रानाले जानकारी दिनुभयो ।

व्यास नगरपालिकाका २३ जनालाई रु ३० लाख ७० हजार, भानु नगरपालिकाका पाँच जनालाई रु २१ लाख २५ हजार, शुक्लागण्डकी नगरपालिकाका चार जनालाई रु ५२ लाख २० हजार, म्याग्दे गाउँपालिकाका पाँच जनालाई रु ४७ लाख ७५ हजार, भिमाद नगरपालिकाका चार जनालाई रु ९१ लाख ६० हजार पाँच सय ९१, बन्दीपुर गाउँपालिकाका तीन जनालाई रु २२ लाख ५० हजार क्षतिपूर्ति रकम प्रदान गरिएको छ ।

देवघाट गाउँपालिकाका चार जनालाई रु तीन लाख ८० हजार, आँबुखैरेनी गाउँपालिकाका दुई जनालाई रु एक लाख ४० हजार, घिरिङ गाउँपालिकाका एक जनालाई रु एक लाख २५ हजार क्षतिपूर्ति प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रमा एक सय १९ उजुरी दर्ता भएको थियो । त्यसमध्ये ५१ जनाको उजुरी समाधान भएको रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यास नगरपालिकाका ५० उजुरीमध्ये ठगीका १७, मृत्युका दुई, बेपत्ताका १७, उद्धारका नौ र अन्य नौ रहेका छन् । भानु नगरपालिकाका १० उजुरीमध्ये ठगीका तीन, मृत्युका तीन, बेपत्ताका एक, उद्धारका एक र अन्य दुई रहेका छन् । शुक्लागण्डकी नगरपालिकाका १५ उजुरी रहेकामा ठगीका नौ, मृत्युका तीन, बेपत्ताका एक र अन्य दुई रहेका छन् ।

म्याग्दे गाउँपालिकाका १२ उजुरीमध्ये ठगीका चार, मृत्युका दुई, बेपत्ताका दुई, उद्धारका दुई र अन्य दुई रहेका छन् । भिमाद नगरपालिकाका आठ उजुरीमध्ये ठगीका दुई, मृत्युका चार, जेलका एक र अन्य एक रहेका छन् । बन्दीपुर गाउँपालिकाका ११ उजुरीमध्ये अन्य ११, देवघाट गाउँपालिकाका छ उजुरीमध्ये ठगीका एक, बेपत्ताका एक, उद्धारका एक र अन्य तीन रहेका छन् ।

घिरिङ गाउँपालिकाका तीन उजुरी रहेकामा मृत्यु दुई र अन्य एक, ऋषिङ गाउँपालिकाका दुई उजुरी रहेकामा ठगीका दुई तथा आँबुखैरेनी गाउँपालिकाका दुई उजुरी रहुकामा दुई ठगीका रहेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासन केन्द्रमा चालु आर्थिक वर्षमा ती उजुरी दर्ता भएका थिए । “आप्रवासन केन्द्रमा मुद्दा दर्ता भएपछि प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय तहलगायतको सहकार्यमा पीडित परिवारलाई क्षतिपूर्ति रकम प्रदान गर्न सक्यौँ”, रानाले भन्नुभयो ।

सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज हुने गरेको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “सामी कार्यक्रमको प्रभावकारिता बढ्दो छ, यसलाई थप विस्तार गर्न आवश्यक छ ।”

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन विसं २०७६ मङ्सिर १ गतेदेखि जिल्लाका चार र गत वर्षदेखि थप तीन स्थानीय तहमा सामी कार्यक्रम सञ्चालित छ । जिल्लाका व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ ।

सामी कार्यक्रममार्फत विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएको छ । त्यस्तै विदेशबाट फर्किएकालाई सीपमूलक तालिम दिनुका साथै स्थानीयलाई वित्तीय साक्षरता कक्षा समेत प्रदान गरिएको छ ।

नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय समझदारीअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहजीकरण र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सामी कार्यक्रम सञ्चालन भइरहेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेश मिश्रले जानकारी दिनुभयो ।

सीप तालिम बिना वैदेशिक रोजगारीमा जाने बढी रहेकाले अझै पनि चुनौती रहेको मिश्र बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ठगीको व्यापकता, म्यानपावर कम्पनीको ठगीमा न्यूनीकरण तथा व्यक्तिगत ठगी तथा कन्सलटे«न्सीमार्फत हुने ठगी रोकिएको छैन ।”

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com