ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कक्षा १२ को परीक्षार्थी मरिण गाउँपालिकाका अध्यक्षले ‘खेताला’ परीक्षार्थी राखेको पुष्टि, केन्द्राध्यक्ष हटाइए


abc tv

सिन्धुली । कक्षा १२ को परीक्षाका परीक्षार्थी रहेका मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले खेताला परीक्षार्थी लगाएर परीक्षा दिएको पुष्टि भएको छ ।

परीक्षार्थी मोक्तानको सिम्बोल नम्बर २२००३१२७ का दुई कपी फेला परेपछि उनले यसअघि दिएका सबै परीक्षा रद्द भएका हुन् ।

माध्यामिक शिक्षा परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकार सुनिता नेपालको अध्यक्षमा बसेको बैठकले गाउँपालिकाका अध्यक्ष समेत रहेका परीक्षार्थी मोक्तानले दिएको परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

कपिलाकोट मावि महादेवस्थान परीक्षा केन्द्रमा मोक्तानलाई पुस्तकालय कोठामा परीक्षा दिलाएको सूचनाका आधारमा सिडिओसहितको टोलीले २९ गते परीक्षा केन्द्रमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा सामाजिक अध्ययन तथा जीवनपयोगी विषयको दिन थियो । सो परीक्षाका दुई वटा उत्तर पुस्तिका फेला परेको र सो उत्तर पुस्तिका केन्द्राध्यक्षले बोर्डमा लेखी पठाएको भन्दै बैठकले मोक्तानको उत्तर पुस्तिका पूर्ण रुपमा रद्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

साथै, बैठकले केन्द्राधयक्षले परीक्षालाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न नसकेको भन्दै केन्द्राध्यक्ष विष्णुमाया योन्जन, सहायक केन्द्राध्यक्ष शुक्रबहादुर माझी र निरीक्षक गोकर्णविक्रम साहलाई परीक्षा अवधिभर परीक्षासँग सम्वन्धित कुनै पनि काम नगन नदिने निर्णय गरेको छ ।

सो परीक्षा केन्द्रको परीक्षा सञ्चालनका लागि शिक्षक खेमहरि बराललाई केन्द्राध्यक्ष तोक्ने निर्णय भएको छ ।

पालिका अध्यक्ष समेत रहेका मोक्तानले थप परीक्षा समेत दिन नपाउने सिडियो नेपालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com