ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्विटरको नयाँ सिइओमा लिन्डा याक्कारिनो नियुक्त


एबीसी / संवाददाता

काठमाडौँ, ३० वैशाख । सामाजिक सञ्जाल ट्विटरले लामो समयपछि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पाएको छ । एलन मस्कले ट्विटरको नयाँ सिइओमा एनबिसी युनिभर्सलकी पूर्वविज्ञापन प्रमुख लिन्डा याक्कारिनोलाई नियुक्त गरेका हुन् ।

ट्विटरको स्वामित्व खरिदको केही समयपछि मस्कले कम्पनीको कार्यकारी भूमिकामाथि हस्तक्षेप गर्दै सबै जिम्मेवारी लिएका थिए । उनको उक्त भूमिका विवादास्पद रहन पुग्यो । विवादास्पद हस्तक्षेपको ६ महिनापछि मस्कले ट्विटरको नयाँ सिइओको नाम घोषणा गरेका हुन् ।

करिक ६ हप्तापछि याक्कारिनोले नयाँ कार्यभार सम्हाल्ने बताइएको छ । मस्कले ट्विटरमार्फत् नयाँ सिइओको नाम घोषणा गरेका हुन् । नाम घोषणाको एक दिन अगाडि नै मस्कले नयाँ सिइओ फेला परेको उल्लेख गरेका थिए ।

नयाँ सिइओ नियुक्तिसँगै आफू कार्यकारी अध्यक्ष र चिफ टेक्नोलोजी अफिसरको भूमिकामा रहने मस्कले बताएका छन् । याक्कारिनोले बिजनेस हेर्ने र आफूले प्रडक्ट डिजाइन तथा नयाँ प्रविधि हेर्ने उनले जानकारी दिएका छन् ।

एनबिसी युनिभर्सलमा १२ वर्ष बिताएकी याक्कारिनोले विज्ञापनको क्षेत्रमा ट्विटरलाई निकै ठुलो फाइदा पुर्‍याउने अपेक्षा गरिएको छ ।

मस्कले गत वर्ष ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेका थिए । ट्विटर खरिद गरेदेखि नै त्यसको सिइओ पद आफैँ सम्हाल्दै आधा जसो कर्मचारी कटौती गर्नेदेखि लिएर खातामा प्रमाणित गर्ने निलो टिकका लागि मासिक ८ डलर शुल्क लिने जस्ता निर्णय गरेर विवादित बन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com