ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्विटरको नयाँ सिइओमा लिन्डा याक्कारिनो नियुक्त


एबीसी / संवाददाता
बैशाख ३०, २०८० शनिबार   ८ : ३७   बजे

काठमाडौँ, ३० वैशाख । सामाजिक सञ्जाल ट्विटरले लामो समयपछि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पाएको छ । एलन मस्कले ट्विटरको नयाँ सिइओमा एनबिसी युनिभर्सलकी पूर्वविज्ञापन प्रमुख लिन्डा याक्कारिनोलाई नियुक्त गरेका हुन् ।

ट्विटरको स्वामित्व खरिदको केही समयपछि मस्कले कम्पनीको कार्यकारी भूमिकामाथि हस्तक्षेप गर्दै सबै जिम्मेवारी लिएका थिए । उनको उक्त भूमिका विवादास्पद रहन पुग्यो । विवादास्पद हस्तक्षेपको ६ महिनापछि मस्कले ट्विटरको नयाँ सिइओको नाम घोषणा गरेका हुन् ।

करिक ६ हप्तापछि याक्कारिनोले नयाँ कार्यभार सम्हाल्ने बताइएको छ । मस्कले ट्विटरमार्फत् नयाँ सिइओको नाम घोषणा गरेका हुन् । नाम घोषणाको एक दिन अगाडि नै मस्कले नयाँ सिइओ फेला परेको उल्लेख गरेका थिए ।

नयाँ सिइओ नियुक्तिसँगै आफू कार्यकारी अध्यक्ष र चिफ टेक्नोलोजी अफिसरको भूमिकामा रहने मस्कले बताएका छन् । याक्कारिनोले बिजनेस हेर्ने र आफूले प्रडक्ट डिजाइन तथा नयाँ प्रविधि हेर्ने उनले जानकारी दिएका छन् ।

एनबिसी युनिभर्सलमा १२ वर्ष बिताएकी याक्कारिनोले विज्ञापनको क्षेत्रमा ट्विटरलाई निकै ठुलो फाइदा पुर्‍याउने अपेक्षा गरिएको छ ।

मस्कले गत वर्ष ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेका थिए । ट्विटर खरिद गरेदेखि नै त्यसको सिइओ पद आफैँ सम्हाल्दै आधा जसो कर्मचारी कटौती गर्नेदेखि लिएर खातामा प्रमाणित गर्ने निलो टिकका लागि मासिक ८ डलर शुल्क लिने जस्ता निर्णय गरेर विवादित बन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

क्युबामा ट्रम्पको ‘म्याक्सिमम प्रेसर’: शासन पतनको संकेत वा भू-राजनीतिक भुल?

ग्रिन कार्ड नीतिमा ट्रम्प प्रशासनको नरम रूप: ठूला व्यवसायीको लबिङले काम गर्‍यो

चीनले कसरी आफ्नो गलत मूल्याङ्कन गर्छ :फरेन अफेयर्स

दक्षिण कोरियाको स्थानीय निर्वाचनमा सत्तारुढ दलको शानदार जित

अमेरिका र इरानबीच गाडिएका आणविक सामग्री उत्खनन गरी नष्ट गर्ने सहमतिः राष्ट्रपति ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group