ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ओलीले बोल्छु भन्नुभयो, तपाईंको धारणा के हो’ भन्दै किन गगनले देउवालाई सोधे ?


एबीसी न्यूज
बैशाख २८, २०८० बिहीबार  ८ : २३ बजे

 

काठमाडौं २८ वैशाख । नेपाली कांग्रेसमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने बारेमा नेका पदाधिकारीमा मत बाझिएको छ । उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने अडान लिएका छन् ।
थापाले सभापति देउवालाई तत्काल पार्टीको केन्द्रीय कार्य समितिको बैठक बोलाएर यसबारे धारणा तय गर्न माग गरेका छन् । बैठक नगर्ने हो भने सभापति देउवा स्वयंले बोल्नुपर्ने भन्दै महामन्त्री थापाले भने, ‘केपी ओलीले ४ गते संसदमा बोल्छु भन्नुभयो, तपाईंको धारणा के हो ? पार्टीले हस्तक्षेप गर्दैन, जघन्य अपराधमा संलग्न जो सुकैलाई छोड्नु हुन्न भनेर सभापतिले बाहिर बोल्नुस् ।’ थापाको प्रश्नले देउवापक्ष अरु बढी सशंकित भएको छ । पछिल्लो समय गगन थापाको एमाले अध्यक्ष ओलीसंगको हिमचिम र ओलीले जस्तो रवैया देखाउंछन् त्यस्तै कांग्रेसले पनि गर्नु पर्ने तहमा थापा पुगेका छन् एक पदाधिकारीले भने ।

 

तर संस्थापन पक्ष भने निलम्बनको विपक्षमा देखिएको छ । सहमहामन्त्री महेन्द्र यादवले त चर्को प्रतिवाद नै गरेका छन् ।

खाँण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार पदाधिकारी र केही नेताहरुलाई परामर्शका लागि बोलाएका थिए । आफ्नै निबास, धुम्बाराहीमा भएको छलफलको सुरुमै देउवाले छोटो बोलेका थिए । लगत्तै उपसभापति पूर्णबहादुर खड्काले खाँण पक्राउलगायतका घटनाबारे ब्रिफिङ गरे । त्यसक्रममा उनले बुधबार पार्टीको बैठकमा भएको छलफलको विषय बाहिर कसरी आयो भनेर असन्तुष्टि समेत पोखेका थिए । पार्टीमा फरक फरक विचार आउनु स्वभाविक भएपनि बाहिर लैजानु राम्रो नभएको उनको तर्क थियो ।

बैठकमा महामन्त्री गगन थापाले केन्द्रीय सदस्य खाँणले आफू निर्दोष भएको दाबी गरेको र आफूहरुलाई पनि त्यही विश्वास रहेको बताए । तर अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिइसकेपछि खाँण आफैंले पार्टीको जिम्मेवारीबाट अलग रहेको घोषणा गर्नु उपयुक्त हुने धाराणा राखेका थिए । ‘त्यसो गर्ने हो भने एउटा विन्दुमा पार्टीले निलम्बन गर्नुपर्छ’, उनले भने ।

उपसभापति गुरुङ र महामन्त्री शर्माले थापाको मतमा सहमति जनाएका थिए । तर सहमहामन्त्री महेन्द्र यादवले प्रतिवाद गरेका थिए । पूर्व उपसभापति विजयकुमार गच्छदारले दुःख परेको बेला हेर्नुपर्ने तर्क गरेका छन् ।

तर महामन्त्री गगन लगायतका नेताहरुले भने अहिले परिस्थिति फरक रहेको तर्क गरेका छन् । विगतमा पनि निलम्बन गर्नुपर्छ भनेर कुरा उठाएको स्मरण गर्दै उनीहरुले अहिले बाहिर चर्को दबाव रहेको बताएका थिए ।

एक नेताका अनुसार खाँणलाई निलम्बन गर्ने कि नगर्ने भनेर लामै छलफल चलेको थियो ।

संस्थापन पक्षका नेताहरुले अनुसन्धान मात्र भइरहेको बेलामा किन निलम्बन गर्ने भनेर प्रश्न गरेका छन् । ‘हाम्रो कारणले अनुसन्धान प्रभावित नहोस् भन्ने हाम्रो कुरा हो । निलम्बनले पनि अनुसन्धानलाई बल पुग्छ भन्ने हो,’ गगन थापाको जवाफ थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

सम्बन्धित

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

सरकारले अध्यादेश ल्याउने निर्णय गरेपछि विरोधमा विपक्ष दल, सिंहदरबारमा बैठक बस्दै

झण्डै दुई तिहाइ बहुमतको सरकारले किन संसद् छल्दै अध्यादेशको बाटो रोज्यो?

इरान ध्वस्त हुने अवस्था नजिक पुगेको ट्रम्पको दाबी, इरानले राखेका ३ सर्त अस्वीकार

नारायणगढ–बुटवल सडक विस्तारः सडक सुरक्षाको पनि काम जारी

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com