ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्तमान आर्थिक अवस्था : विदेशी मुद्राको सञ्चिति १४ खर्ब ३३ अर्ब (पूर्णपाठ)


ABC NEWS

काठमाडौं २७ बैशाख । विदेशी मुद्राको सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड थियो ।

राष्ट्र बैंकद्वारा आज सार्वजनिक तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति १७।९ प्रतिशतले वृद्धि भई २०७९ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ । अमेरिकी डलरमा सञ्चिति १४।८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ ।

चालू आर्थिक वर्षको नौ महिनामा बैंकहरूमा निक्षेप ७ प्रतिशतले बढेको र कर्जा प्रवाह ३।५ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ ।

११ महिनाको वस्तु आयात र ९।४ महिनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको राष्ट्र बैंकले बताएको छ ।

९ महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७।६ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७।२८ प्रतिशत रहेको थियो ।
खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६।९३ प्रतिशत र गैर(खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८।४२ प्रतिशत रहेको छ ।

९ महिनामा आयात १८।१ प्रतिशत तथा निर्यात २६।३ प्रतिशतले घटेको छ । भने, व्यापार घाटा १७।१ प्रतिशतले घटेको हो ।

चालू आवको ९ महिनामा कुल वस्तु निर्यात २६।३ प्रतिशतले कमी भई ११८ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९।४ प्रतिशतले वृद्धि भएको थियो ।

आर्थिक वर्ष २०७९र८० को नौ महिनामा कुल वस्तु आयात १८।१ प्रतिशतले कमी आई १२०१ अर्ब ५१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२।० प्रतिशतले बढेको थियो ।
सोधानान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालू खाता ५१ अर्ब ८२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१० अर्ब ५८ करोडले घाटामा रहेको थियो ।

संघीय सरकारको खर्च चालू आर्थिक वर्षको नौ महिनामा ९ खर्ब ४३ अर्ब ५ करोड भएको जसमा राजस्व परिचालन ६ खर्ब ८३ अर्ब ८१ करोड भएको राष्ट्र बैंकले जनाएको छ ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Nine-Months-data-of-2079.80

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com