ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीसमक्ष उपस्थित भएर अनुसन्धानमा सघाउन टोपबहादुर रायमाझीलाई एमालेको निर्देशन


abc tv
बैशाख २७, २०८० बुधबार  १२ : ४१ बजे

काठमाडौं । नेकपा एमालेले नेपालीलाई भुटानी शरणार्थीका नाममा अमेरिका पठाइने भन्दै भएको ठगीमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई प्रहरीमा उपस्थित हुन निर्देशन दिएको छ ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि पक्राउ पर्ने डरले फरार रायमाझीलाई प्रहरीमा उपस्थित भएर अनुसन्धानमा सघाउनुपर्ने निर्णयसहित एमालेले यस्तो निर्देशन दिएको हो ।

मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रहरी अनुसन्धानलाई सहयोग गर्ने जानकारी गराएर फरार रायमाझीका कारण पार्टीको प्रतिष्ठामा समेत आँच पुगेको निष्कर्षसमेत निकालेको छ ।

अर्घाखाँचीमा छँदा पक्राउ पुर्जी जारी भएपछि काठमाडौंका लागि हिँडेको जानकारी गराएका रायमाझी फरार छन् । उनीहरुलाई पक्राउ गर्न प्रहरीले सोमबार देशभरका प्रहरी युनिटहरूलाई निर्देशन दिएको थियो । त्यसैअन्तर्गत मंगलबार प्रहरीले ललितपुरस्थित उनको निजी निवासमा खानतलासी गरेको छ ।

‘एमालेविरुद्ध नियोजित रूपमा पनि विभिन्न षड्यन्त्र भइरहेको छ, तर पक्राउ पुर्जी नै जारी भइसकेपछि संविधान, कानुन र विधिको शासन मान्ने पार्टीको नेताले त्यसलाई सम्मान गर्दै निर्दोष भए स्पष्ट पारेर सफाइ पेस गर्नुपर्छ र प्रहरीको अनुसन्धानलाई सहयोग गर्नुपर्छ भन्ने पार्टी अध्यक्षदेखि सबै नेताहरूको साझा निष्कर्ष छ,’ बैठकको निर्णयबारे उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘त्यसैले तत्काल उपस्थित भएर उहाँले अनुसन्धानलाई सहयोग गर्नुपर्छ भन्ने विषयमा बैठकले सर्वसम्मत निर्णय गरेको छ ।’

बैठकमा सचिवालयका सबै नेताले रायमाझी फरार हुँदा पार्टीको प्रतिष्ठामा आँच पुगेको धारणा राख्दै अनुसन्धानमा सहयोग गर्न ढिलाइ गर्न नहुने विचार राखेका थिए ।

एमालेले रायमाझीमाथि प्रमाण नपुर्याई पार्टीमाथि पूर्वाग्रह साँधेर पनि पक्राउ पुर्जी जारी गरिएको हुन सक्ने र वास्तविकता उपस्थित भएर बयान दिएपछि मात्रै थाहा हुने निष्कर्ष पनि निकालेको छ । अनुसन्धान प्रारम्भिक चरणमै रहेका कारण तत्काल अनुशासनको कारबाही गरिहाल्नुपर्ने अवस्था नरहेको निर्णय पनि एमालेले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com