काठमाडौं , २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई जिल्ला प्रहरी परिसर टेकु पुर्याइएको छ ।
चावहिलस्थित मैजुबहालबाट खाणलाई बुधबार बिहान प्रहरीले समातेको थियो ।पक्राउ पुर्जी जारी नभएको हुँदा खाणलाई ‘जरुरी पक्राउ पुर्जी’ थमाएर पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।उनलाई प्रहरीको उच्च सुरक्षा निगरानीमा टेकु ल्याइएको छ । म्याद थपका लागि केहीबेरमा अदालत लैजाने तयारी छ ।टेकु परिसरमा अहिले पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । प्रहरीले मेन गेट बन्द गरेको छ ।








प्रतिक्रिया दिनुहोस्