काठमाडौं । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि रेखा शर्मालाई भेटेर गैरकानूनी प्रसारण तत्काल बन्द गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । गैरकानूनी रूपमा सञ्चालनमा रहेका च्यानल बन्डलिङ, ओटीटी प्ल्याटफर्मका सामाग्रीहरूको अवैध प्रसारण, विदेशी सशुल्क च्यानलहरूको शोषणका कारण नेपाली उद्योग धराशायी बन्दै गएकोमा उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यस्तै कुप्रवित्तिबाट जोगाउन र टेलिभिजन व्यवसायलाई उचित नियमन गर्न सरकारले टेलिभिजन सामाग्री प्रसारणका लागि आलाकार्ट प्रणाली लागू गरेपनि विभिन्न माध्यमबाट नेपालमा भइरहेका अवैध सामाग्रीहरू वितरणमा रोक लगाउन उनीहरूको माग छ ।
प्रसारणको क्षेत्रलाई नियमन गर्न नेपालमा विद्यमान राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२, रेडियो ऐन, २०१४, रेडियो सञ्चार ९लाइसेन्स० नियमावली २०४९, विज्ञापन ९नियमन गर्ने० ऐन, २०७६तथा विज्ञापन ९नियमन गर्ने० नियमावली, २०७७ लागू भई कार्यान्वयनमा रहेको हुँदा सञ्चार मन्त्रालयले यसको कार्यान्वयनकालागि विशेष पहल गर्नु पर्ने केबल व्यवसायीहरूको माग रहेको छ ।









प्रतिक्रिया दिनुहोस्