ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसलाई स्वर्णिमको चुनौती : ‘घोषणापत्र पढेर आर्थिक सुधारका विषयलाई अघि बढाउ’


ABC NEWS

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लले अर्थमन्त्री प्रकाशशरण महतले वित्त नीतिमा ठाउँ छैन भन्दै मौद्रिक नीतिका उपकरणहरुबाट अगाडि जानुपर्ने भन्दै उठाएको विषय गलत रहेको वाग्लेले टिप्पणी गरे । सरकारको नीति तथा कार्यक्रमको लागि ठाउँ खोज्न सक्ने हो भने धेरै स्थान रहेको उनको भनाइ थियो । सरकार जलवायु परिवर्तन र दिगो विकासको मुद्दाबाट अगाडि बढ्न सक्नुपर्ने उनको सुझाव छ । नेपाली काँग्रेसको घोषणापत्र पढेर आर्थिक सुधारका विषयलाई अघि बढाउन वाग्लेले सुझाव दिए ।
अर्थतन्त्र संकटमा परेको बेलामा अर्थतन्त्रको स्थायित्व र स्थिरताका कुराले मात्रै न्याय गर्न नसक्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा भएको विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै वाग्लेले अहिलेको अर्थतन्त्रको सुधारका लागि झारफुकले नहुने र सर्जरी नै गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘सरकारले हिजो रातिसम्म ७ खर्ब ३३ अर्बको राजश्व संकलन गरेको छ भने १० खर्ब १६ अर्ब खर्च छ । त्यति ठूलो खाडल कसरी पूरा गर्ने रु’ वाग्लेले भने ‘कर्जा लगानी र आर्थिक वृद्धिबीचको ठूलो भ्वाङ छ । कर्जा नियमित रुपमा २२ प्रतिशत वृद्धि भइरहेको छ । अर्थतन्त्रको गतिसँग समान देखिरहेका छैनौं । कहाँ चुहिरहेको छ ।’ यी विषयमा सरकारले फरक ढङ्गले सोच्नुपर्ने र प्राथमिकता पुनःमूल्याङ्कन गर्नुपर्ने उनले बताए ।

अर्थतन्त्र समस्याग्रस्त भई लय गुमाएको अवस्थामा आर्थिक स्थायित्व र स्थिरताका कुरा गर्नु उचित नभएको उनको भनाइ छ । ‘८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण भएको देशमा २ प्रतिशतभन्दा कममा रूमल्लिरहेका छौं’ वाग्लेले भने ।

अब परिणात्मक विकासबाट गुणात्मक विकासमा जानुपर्ने आवश्यकता रहेको उनले बताए । सडक, विद्यालयका संरचनाभन्दा पनि गुणात्मक सेवामा जोड दिनुपर्ने उनको भनाइ छ । ‘५० को दशकमा हामीले विद्यालयको भवन माग गर्‍यौं, खानेपानी, सडक, अस्पतालको माग गर्‍यौं, तर अहिले विद्यालय छन् । थोरै भए पनि विद्यार्थी विद्यालय जान्छन् तर विद्यालयमा पढाइ हुँदैन, सिकाइ छैन । आजको चुनौति भनेको विद्यालय निर्माण गर्ने होइन, सिकाइको संकटलाई सम्बोधन गर्ने हो । स्वास्थ्य चौकी छ, दक्ष सेवा छैन ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हुम्लाबाट मानसरोवरसम्म पर्यटक लग्न चीनसँग सैद्धान्तिक सहमति– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डको कैलाश-मानसरोवर यात्रा (फोटो फिचर)

सम्बन्धित

हुम्लाबाट मानसरोवरसम्म पर्यटक लग्न चीनसँग सैद्धान्तिक सहमति– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डको कैलाश-मानसरोवर यात्रा (फोटो फिचर)

इन्द्रजात्रा हेर्न पुगे राष्ट्रपति र उपराष्ट्रपति

टिभीको रिचार्ज किन्न जाँदा दीपेन्द्रका बुवालाई पसलेले भने– तपाईंका छोराले त विश्व कीर्तिमान बनाए

दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन राष्ट्रपतिले हस्ताक्षर गर्ने गरेको सभापति लामिछाने भनाइ

घट्यो सुनको भाउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com