ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिले नेपाली कांग्रेस भाउजु कांग्रेस, ज्योतिषी कांग्रेस र मिडिया कांग्रेस भइसकेको छ : अमरेश कुमार सिंह


ABC NEWS
बैशाख २४, २०८० आईतबार   ५ : ०६   बजे

वीरगन्ज २४ बैशाख । प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले अब पनि नसुध्रिए कांग्रेस र कम्युनिस्ट पार्टीहरू देशबाट सक्किने दाबी गरेका छन्।

वीरगन्जमा शनिबार पत्रकारसँगको भेटघाटमा उनले त्यसको संकेत उपनिर्वाचनमा जनताले देखाइसकेको बताए। ठूला दलहरूले गरेको राजनीतिक भ्रष्टचारकै कारण मुलुकको अर्थतन्त्र धरासायी भएको उनको आरोप छ। ुअहिले देशको अर्थतन्त्र जुनरूपले ओरोला लागेको छ, त्यसको मूल कारण भनेकै राजनीतिक भ्रष्टचार हो,ु उनले भने।

उनले कर्मचारीतन्त्र पनि भ्रष्टचारमा चुर्लुम्ब डुबेको र बिचौलियातन्त्रको बिगबिगी भएको बताए। उनले भने, ‘राजनीति नै बिचौलियातन्त्रमा परिणत भएपछि देशको यो दूरावस्था भएको हो।’ अहिलेको राजनीति भ्रष्टचारी, तस्कर, बिचौलिया, दलाल र माफियाहरूको हातमा पुगेको टिप्पणी पनि उनले गरे।

नेता सिंहले कुनै पनि बहानामा भ्रष्टाचारीलाई उन्मुक्ति दिन खोजिए सदन र सडक दुवैबाट संघर्ष गर्ने बताए। मधेस प्रदेशको सरकारदेखि कर्मचारीतन्त्र सबै भ्रष्टचारमा लिप्त रहेको उनको आरोप छ। ुजहाँ धर्ममा राजनीति मिसिन्छ, त्यहा धर्म समाप्त हुन्छ र राजनीति पनि बदनाम हुन्छ। अहिले नेपालमा भएकै यही हो,’ सिंहले भने।

नेपाली कांग्रेसको अहिलेको नेतृत्वबाट मुलुकमा समृद्धि र सुशासन सम्भव नभएको उनले बताए। उनले भने, ‘२०४८ सालदेखि यता प्राय सरकारको नेतृत्व कांग्रेसले नै गर्दै आएको छ। तर देशको दूरावस्था झन् झन् बढ्दै गएको छ। अहिलेको कांग्रेस नेतृत्वबाट न भ्रष्टचार नियन्त्रण हुनसक्छ, न सुशासन नै कायम हुनसक्छ।’

नेपाली कांग्रेस पार्टी अहिले तीनवटा भइसकेको भन्दै उनले अहिले नेपाली कांग्रेस भाउजु कांग्रेस, ज्योतिषी कांग्रेस र मिडिया कांग्रेस भइसकेको बताए। देउवा नेतृत्वमा रहेसम्म कांग्रेस सुध्रिने सम्भावना नरहेको भन्दै उनले भने, ‘सक्किन लागेको कांग्रेसमा फर्किने मेरो चाहना पनि छैन।’

सिंहले आइतबारको संसद बैठक चल्न नदिने चेतावनी दिए। भ्रष्टाचारविरुद्धको मुद्दामा एक रहेका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, राष्ट्रि प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदहरूले आइतबारको संसद बैठक चल्ने नदिने सहमति भएको जनाए। ठूला दलका भ्रष्टाचारी नेतालाई राजनीतिक संरक्षणमा उन्मुक्ति दिने परिपार्टी बन्द नभएसम्म संसद चल्न नदिने सिंहले दाबी गरे।

देशको आर्थिक राजधानीका रूपमा परिचित वीरगन्जप्रति राज्यको नियत नै ठीक नभएको आरोप पनि सिंहले लगाए। उनले भने, ‘वीरगन्जको जुन विकास हुनु पर्ने हो त्यो भएकै छैन। किनकि वीरगन्जप्रति राज्यको नियत नै सफा देखिएको छैन। नियत सफा भएमात्रै नीति सही बन्छ। तर राज्यको नियत नै सफा देखिएन वीरगन्जको विकासप्रति।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group