काठमाडौं, २२ वैशाख । संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ।संखुवासभाको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला(४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो।
उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेको उडेको थियो। उक्त हेलिकप्टरमा ४ जना मानिस रहेको बताइएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।







प्रतिक्रिया दिनुहोस्