ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामपुर नगरपालिकाद्वारा मजदुरको दुर्घटना बिमा


एबीसी / संवाददाता

रामपुर, २१ वैशाख । मजदुरको हकहित र सुरक्षाका लागि रामपुर नगरपालिकाले दुर्घटना बिमा कार्यक्रम ल्याएपछि मजदुर खुसी भएका छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बिमा कार्यक्रम सुरु गरेको हो ।

रामपुर नगरपालिकाले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिसँग समन्वय गरेर संस्थागतरुपमा मजदुरको बिमा गरिदिएको छ । बिमा कार्यक्रमले मजदुरलाई राहत पुगेको रामपुर–५ कृषि टोलका श्यामकुमार श्रेष्ठ बताउँछन् । उनी यस क्षेत्रमा विगत सात वर्षदेखि घर तथा भवन निर्माण क्षेत्रमा श्रम गर्दै आएका छन् । केही समयअघि काम गर्ने सिलसिलामा देब्रे हातको हत्केलामा चोट लागेर घाइते भए । उनको सबै उपचार खर्च नगरपालिकाले बिमामार्फत बेहोर्ने भएपछि आफूलाई उपचारमा आर्थिक भार नपरेपछि खुसी छन् ।

“काम गर्ने सिलसिलामा हामी श्रमजीवी मजदुर वर्गलाई चोट पटक लागेमा सामान्य उपचार गर्न समस्या हुन्थ्यो, दैनिक मजदुर गरेर परिवारको पालनपोषण गर्नैपर्‍यो, बिमा गरेपछि उपचार खर्च मजदुरले बेहोर्न परेन, नगरपालिकाले ल्याएको बिमा कार्यक्रम हामी मजदुरको लागि अत्यन्तै राम्रो छ, बिमाले ढुक्कको अनुभूति भएको छ”, उनले खुसी हुँदै भने ।

प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले हालसम्म रामपुरभित्र कार्यरत पाँच सय ४३ मजदुरको दुर्घटना बिमा गरिएको बताए । निर्माणको क्रममा तोकिएको पारिश्रमिक नपाएको खण्डमा मजदुर व्यवस्थापन समिति तथा स्थानीय निकायले सम्बन्धित निर्माण व्यवसायीलाई खबरदारी गर्ने न्यौपाने बताउँछन् ।

घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई २०७९ सालको जेठदेखि नगरपालिकाले प्रतिव्यक्ति रु तीन लाख बराबरको दुर्घटना बिमा कार्यक्रम सुरु गरेको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् ।

“जोखिम मोलेर दैनिक ठूला ठूला घर तथा भवन निर्माणमा श्रम गर्ने मजदुरको सुरक्षाका लागि गत वर्षदेखि दुर्घटना बिमा सुरु गरेका छौँ”, उनले भने, “नगरपालिकाले श्रमिक ऐन नीति नियम बनाउने तयारी गरेको छ, मजदुरको हकहितका लागि नगरपालिकाभित्र ऐन बनाएर काम गर्नेछौँ ।”

मजदुरको हकहित र अधिकारको लागि २०७२ सालमा पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति स्थापना गरी मजदुरका समस्यामा विभिन्न कार्य संस्थागत भइरहेका छन् । यस कार्यले मजदुर संगठित हुन थालेका छन् । संस्था स्थापना भएपछि समितिले मजदुरको जोखिम कार्यलाई मध्यनजर गर्दै एक लाखसम्मको दुर्घटना बिमा कार्य सुरु गरेको थियो । ठूला दुर्घटनालाई मध्यनजर गर्दै मजदुरले ठुलो रकम खर्च गरेर उपचार गर्न नसक्ने हुँदा नगरपालिकासँग समन्वय गरेर रु तीन लाख बराबरको बिमा कार्यक्रम समितिले सञ्चालन गरिरहेको समितिका अध्यक्ष नीलकण्ठ भण्डारी बताउँछन् ।

उनी भन्छन्, “सानातिना दुर्घटनाका उपचार खर्च समितिले रु एक लाखसम्म गरिदिएको बिमाले पुग्ने गरे पनि ठूला घटनालाई बाँकी रकम मजदुर आफैँले जुटाउनुपर्दा उपचारमा समस्या भयो, दैनिक ज्यालादारीले बिहान साँझको जीविका धान्न धौँ धौँ पर्ने मजदुर आर्थिक अभावमा उपचार पूरा गर्न नपाएर बस्नु नपरोस् भनी समितिले आग्रह गरेबमोजिम नगरपालिकाको सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको छ ।”

समितिले सुरु गरेको दुर्घटना बिमा कार्यक्रममार्फत हालसम्म ७० मजदुरले लाभ लिएका छन् । कामको आधारमा एक दिनको न्यूनतम छ सय ५० देखि बढीमा एक हजार दुई सय ज्याला समितिले तोकिदिएको छ । तोकेअनुसारको समितिले ज्याला नपाएमा तत्काल समितिले सम्बन्धित निर्माण व्यवसायीलाई कायम गरिएको ज्याला तथा पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिने गरिएको छ ।

समितिले कोभिड–१९ को महामारीमा चार सय मजदुरको परिवारलाई राहत वितरण, विभिन्न ठाउँ–ठाउँमा मजदुरको हकहितसहितको सचेतनामूलक सूचनापाटी, राम्रो कार्य गर्नेलाई प्रोत्साहन, घर तथा भवन निर्माणको क्षेत्रमा कार्यरत मजदुरले काम नराम्रो गरेको पाइएमा स्थानीय सरकारलाई खबरदारी गर्नेलगायतका विभिन्न कार्य गरिरहेको छ ।

समितिमा स्थापनाका समय ११७ मजदुर आबद्ध रही संस्था सुरुआत गरिएको हो । समितिमा आबद्ध ५४३ मध्ये हाल करिब ४० प्रतिशत महिला कामदार छन् । महिलाले घर तथा भवन निर्माणको क्षेत्रमा आबद्ध रहेर आफ्नो जीविकोपार्जन, छोराछोरीको पढाइ खर्च धान्दै आइरहेका छन् । अहिले यस संस्थाले यो क्षेत्रमा राम्रो कार्य गरेपछि सदस्य बन्ने क्रम बढिरहेको छ । रामपुर नगरपालिका क्षेत्रमा मात्रै हाल एक हजार पाँच सयको हाराहारीमा मजदुर घर तथा भवन निर्माणको क्षेत्रमा काम कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com