ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीद्वारा नवौँ पटक मन्त्रिपरिषद् विस्तार, सरकार अझै अपूर्ण


एबीसी / संवाददाता

काठमाडौँ, २१ वैशाख । नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका धनराज गुरूङ, मोहन बस्नेत र डिगबहादुर लिम्बूले आज शपथ ग्रहण गर्न लागेका हुन् । नवनियुक्त मन्त्रीहरूको शपथ समारोह आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार गुरूङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बूलाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका थिए । तीन मन्त्री थपिएसँगै २२ सदस्यीय भएको छ ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो पटक ३ वैशाखमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यतिबेला उनले नेपाली कांग्रेसका एनपी साउदलाई परराष्ट्रमन्त्री र नेकपा (एकीकृत समाजवादी)का सांसद नन्द चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

त्यसअघि १७ चैतमा सातौँ पटकको विस्तारमा कांग्रेसबाट ४ जना मन्त्री नियुक्त भएका थिए । त्यो बेला पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा.प्रकाशशरण महत अर्थ, सीता गुरूङ सहरी विकास र रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका थिए । त्यसअघि, १७ फागुन, १४ फागुन, २३ माघ, १४ माघ र ३ माघमासमेत मन्त्रिपरिषद् विस्तार भएको थियो । प्रचण्डले ११ पुसमा प्रधानमन्त्रीको शपथ लिएका थिए ।

नवौँ पटक मन्त्रिपरिषद् विस्तारको तयारी भए पनि सरकारले भने अझै पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँड गर्दा वन मन्त्रालय जनता समाजवादी पार्टी र खानेपानी मन्त्रालय जनमत पार्टीको भागमा परेको थियो । तर, जनमत सरकारबाट बाहिरिएपछि अहिले खानेपानी मन्त्रालय नेतृत्वविहीन छ । साथै, जसपाले वन मन्त्रालयका लागि अहिलेसम्म प्रधानमन्त्रीकहाँ नाम पठाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com