ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेस्सीले पिएसजी छाड्ने लगभग पक्का


एबीसी / संवाददाता
बैशाख २१, २०८० बिहीबार  ७ : ३४ बजे

एजेन्सी, २१ वैशाख । अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सीले सिजनको अन्त्यसँगै फ्रेन्च लिग वान पेरिस सेन्ट जर्मेन (पिएसजी) छोड्ने लगभग निश्चित भएको छ ।

विश्वकप विजेता मेस्सी र क्लब अर्को वर्षसम्मका लागि सम्झौता लम्ब्याउने सैद्धान्तिक सहमतिमा पुगेका थिए । तर, अहिले भने क्लब र मेस्सी दुवै सम्झौतामा हस्ताक्षर गर्न अनइच्छुक देखिएका छन् ।

आर्थिक समस्याका कारण क्लबले युरोपको शीर्ष स्तरमा प्रतिस्पर्धा गर्न सक्छ भन्नेमा मेस्सी सहमत नभएको बताइएको छ । यस्तै, क्लबले युवा खेलाडीमा लगानी गर्न चाहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२१ मा मेस्सीले पिएसजीसँग २ वर्षको सम्झौता गरेका थिए । त्यसबेला सम्झौतामा १ वर्ष नवीकरण गर्न सक्ने सर्त सम्झौतामा राखिएको थियो । क्लबले केही दिनअघि बिना जानकारी साउदी अरेबियाको भ्रमणमा गएको भन्दै मेस्सीलाई २ साताका लागि निलम्बन गरेको थियो ।

विभिन्न समाचारलाई आधार मान्ने हो भने मेस्सी साउदी अरेबियन क्लब जाने तयारीमा छन् । साउदी सरकार र मेस्सीबीच विश्व कीर्तिमानी रकममा सहमति हुने विषयमा छलफल भइरहेको उल्लेख गरिएको छ ।

क्रिस्टियानो रोनाल्डो अहिले साउदीकै क्लब अल नासारमा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

आईपीएल क्रिकेटमा पञ्जावको लगातार पाँचौँ हार

आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा

आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई ८ विकेटले हरायो

नेपाल ‘ए’ को लगातार दोस्रो जीत, अमेरिका ३ विकेटले पराजित

आईपीएल क्रिकेटमा लखनउले बैंगलुरुलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com