ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले पायो ११८ रनको सामान्य लक्ष्य


एबीसी / संवाददाता
बैशाख १९, २०८० मंगलबार  ९ : ३४ बजे

काठमाडौँ, १९ वैशाख । एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई १ सय १८ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएई ३३.१ ओभरमा ११७ रनमा अलआउट भयो ।

ललित राजवंशीले ३४औँ ओभरको पहिलो बलमा जुनैद सिद्दीकीलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै युएईलाई अलआउट गरे । सिद्दीकी १० रनमा क्याच आउट भए । कार्तिक मैयाप्पन १ रनमा नटआउट रहे ।

२७.३ ओभरमा यूएई ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षाका कारण खेल हुन नसकेपछि आजका लागि सारिएको हो ।

काठमाडौँमा आज पनि वर्षाको सम्भावना देखाएको छ । आजको खेलमा पनि वर्षा बाधक बने सुपर ओभरबाट निर्णय लिइने प्रयास गरिनेछ। सुपर ओभर पनि हुन नसके आइसीसी ओडिआइ वरियताको आधारमा नेपाल एसिया कप पुग्ने छ।

युएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले ४ विकेट लिए । ललितले ७.१ ओभरमा २ मेडन राख्दै मात्र १४ रन खर्चे । करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सन्दीपले आफ्नो स्पेलमा २ मेडन राख्दै ३४ रन दिए । करणले ७ ओभरमा १ मेडन राख्दै २६ रन खर्चे । सोमपाल कामी र गुलसान झाले एक एक विकेट आफ्नो नाममा गरे ।

यूएईका लागि आशिफ खानले सर्वाधिक ४६ रन बनाए । आर्यन लाक्राले १३ र कप्तान तथा ओपनर मुहम्मद वसिमले ११ थपे । बसिल अहमदर र जुनैद सिद्दीकीले समान १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२६वर्ष पछि कांग्रेसले आफनो विरासत फर्कायो

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com