ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापान र क्यानाडामा ‘सहायक श्रीमान्’ लाई एकसाथ पुरस्कार


एबीसी / संवाददाता
बैशाख १९, २०८० मंगलबार  ७ : ०१ बजे

काठमाडौँ, १९ वैशाख । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड)ले जापान र क्यानाडामा आयोजित चलचित्र महोत्सवमा एकैसाथ अवार्ड जितेको छ ।

गणेश पाण्डे निर्देशित वृतचित्रले जापानको क्युशु सहरमा सम्पन्न पाँचौँ मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिभलमा ब्रोन्ज अवार्डअन्तर्गत एक हजार अमेरिकी डलर बराबरको रकम जितेको हो । सोही महोत्सवमा निर्देशक पाण्डेले ‘फिल्म फन्डिङ’ शीर्षकमा एक लाख डलर प्राप्त गरेका छन् ।

क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा वृतचित्र ‘सहायक श्रीमान्’ ले उत्कृष्ट पुरस्कार पाएको जानकारी निर्देशक पाण्डेले दिए ।

मेहोदो महोत्सवमा एक सय २२ देशका तीन हजार ५३३ चलचित्र तथा वृतचित्र प्रतिस्पर्धामा थिए । “नेपाली वृतचित्र एक लाख डलरको कोष जित्नु आफैँमा गर्वको कुरा हो । यो मेरो मात्र नभई नेपाल र नेपालीको लागि पनि खुसीको खबर हो”, निर्देशक पाण्डेले भने, “निर्माणका क्रममा पटक पटक हुम्ला जिल्लामा बिताएको दुई महिने कठिन दिनको प्रतिफल पाएको आभाष भएको छ ।”

एक लाख डलर पुरस्कार निर्देशक पाण्डेलाई आगामी वृतचित्र परियोजनाका लागि दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com