जनकपुरधाम । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाही गरिने बताएका छन् ।
जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उदघाटन कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै श्रेष्ठले पीडितलाई न्याय र पीडकलाई सजायँ दिने बताएका हुन् ।
‘पीडित पीडित नै हो । त्यो कुनै पार्टीको भनेर म चिन्दिनँ, सरकारले चिन्दैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘कुनै पार्टीको नेता, पहुँचवाला व्यक्ति वा कसैले पनि मिटरब्याजी पीडकहरुको पक्षमा भूमिका खेल्न खोज्यो भने उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याइने छ ।’







प्रतिक्रिया दिनुहोस्